बीपी राजमार्गमा राति सवारी चलाउन निषेध, पूर्व चल्ने गाडी दिउँसो ४ बजेभित्रै छुट्नुपर्ने
काठमाडौं, १ साउन । बीपी राजमार्गमा राति सवारी चलाउन निषेध गरिएको छ । यातायात ब्यवस्था विभागले दुर्घटना बढेको निश्कर्ष निकाल्दै आज आइतबारदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन रोक लगाएको हो । यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।
नेपालथोक-भीमान सडक खण्डमा यो ब्यवस्थालाई कडाइ गर्न लागिएको हो । रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दूर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको प्रवक्ता डा. पाण्डेले बताए । यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।
अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना लगाउनेछ । अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने छ ।
लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँ-ठाउँमा जाम हुने समस्या बढेकाले यो ब्यवस्था गरिएको विभागका प्रवक्ता डा. पाण्डेले बताए । नियम नमान्ने सवारी साधनलाई आजैदेखि कारबाही सुरु गरिएको पाण्डेले बताए ।
पूर्व चल्ने रात्री बस दिउँसो ४ बजेभित्रै छुट्नुपर्नेः
काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ । आगामी बिहीबारदेखि पूर्व चल्ने रात्री बसल दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको हो । रातमा मुग्लिन-नारायणगढ सडक खण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयोग गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न बाहिरिने समयसीमा तोकिएको हो ।
यातायात ब्यवस्था विभागले साउन ५ गतेदेखि लागू हुने गरी मेची र कोशी अञ्चलमा जाने रात्री बस दिउँसो तीन बजे बसपार्कबाट छुटिसक्नुपर्ने नियम बनाएको प्रवत्ता डा. पाण्डेले बताए । त्यसैगरी सगरमाथा र जनकपुर अञ्चलमा लागि जाने सवारी पनि ४ बजे छुटिसक्नुपर्ने नियम बनाइएको छ ।
रातमा चल्ने पूर्वका बसहरुले मुग्लिनको जाम छल्न नौबिसे-पालुङ-हेटौंडाको बाटो प्रयोग गर्छन् । यी रात्री बसहरुलाई रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने नियम पनि लगाइने प्रवक्ता पाण्डेले बताए ।
यो त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबाहक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे-पालुङ-हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् । विभागले रात्रीसेवामा काठमाडौं आउने सवारीलाई रातको २ बजेपछि मात्रै भीमफेदीबाट काठमाडौंतर्फ छोड्ने अर्को नियम पनि बनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












