१३ वर्षीया नातिनीको पेटमा बाजेको गर्भ, बलात्कारपछि गर्भ बसेको आरोप
कैलाली, ४ साउन । आफ्नै नातिनीलाई गर्भवती बनाएको आरोपमा एक ६५ वर्षीय बृद्ध पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकतानगर मुक्तकमैया शिविरका ६५ वर्ष मानबहादुर चौधरी आफ्नै १३ वर्षीया नातिनी गर्भवती बनाएको आरोपमा पक्राउ परेका हुन् । बालिकाकी आमाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरले चौधरीलाई पक्राउ गरेको हो।
कामका लागि बालिकाका बाबुआमा काठमाडौं गएका बेला हजुरबाले नातिनीसँग शारीरिक सम्बन्ध राखेर गर्भवती बनाएको रहस्य खुलेको बाल हेल्पलाईन सिविनका कार्यक्रम संयोजक माधव लोहनीले जानकारी दिए । सिविनमा परेको उजुरीका आधारमा लोहनी नेतृत्वको टोली एकतानगर शिविर पुगेको थियो ।
बाजेले जबरजस्ती करणी गरेको बालिकाले समेत स्वीकार गरेको लोहनीले बताए । काठमाडौंमा काम गर्न गएका बालिकाका आमाबुबा स्थानीय तहको चुनावताका मतदानका लागि घर आएका थिए । आमाबुबाले छोरी अप्रत्यासित रुपमा मोटाइरहेको देखेपछि सोमबार टीकापुर अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।
अस्पतालले बालिकाको पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको बताएपछि बाजेले बलात्कार गरेको रहस्य खुलेको लोहनीले जानकारी दिए । प्रहरीले वृद्धलाई मंगलबार नै पक्राउ गरी जबरजस्तीकरणी मुद्धा दर्ता गरेको छ।
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...












