क्यासिनो तालिमको लागी श्रीलंका उड्न लागेका आठ नेपाली युवती अध्यागमनबाटै फिर्ता
काठमाडौं, ६ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।
पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिटु बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ ।
गत वर्षसमेत अध्यामगनले क्यासिनो खेलाउन श्रीलंका हिँडेका सात युवतीलाई विमानस्थलबाटै फिर्ता गरेको थियो । अध्यागमन स्रोतका अनुसार राम्रो काम पाए उतै बस्ने योजनासहित ती युवती क्यासिनो खेलाउन श्रीलंका हिँडेको र पछि उतैबाट अन्य मुलुक जाने ती युवतीको तयारी थियो ।
दुईवटा बोर्डिङपास लिएकी गिरी पक्राउ
यसैबीच विमानस्थल प्रहरीले बिहीबार भिजिट भिसामा कुवेत हिँडेकी शोभा गिरीलाई अध्यागमन पार गरेपछि पक्राउ गरेको छ । मानव तस्करको सेटिङमा कुवेत हिँडेकी गिरीले जेट एयर र एयर अरेबियाको बोर्डिङ पास लिएकी थिइन् । एयर अरेबियाको बोर्डिङ पास लुकाएर गिरीले भारत जाने भन्दै नागरिकता देखाएकी थिइन् । श्रम स्वीकृतिसमेत नक्कली भएको आशंकामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
भारतको दिल्लीमा छोराछोरी र श्रीमान बस्ने भएकाले उनीहरूलाई भेट्न जाने भन्दै नागरिकता देखाएर अध्यामगनबाट उनी फुत्किएकी थिइन् । उनले दिल्लीसम्मको जेट एयरको टिकट काटेकी थिइन् । अध्यागमन पार गरेपछि गिरी जेट एयर नचढी एयर अरेबियाको जहाज चढ्न लागेकी थिइन् । विमानस्थल प्रहरीले उनीसँग दुईवटा बोर्डिङ पास भएको गोप्य सूचना पाएपछि पक्राउ गरेको हो ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











