उच्च अदालत दिपायलको फैसलाः अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा हर्कबहादुर नै
डोटी, ९ साउन । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा एमाले नेता हर्कबहादुर साउँदलाई विजयी भएका छन् । उच्च अदालत दिपायलले साउँदलाई गाउँपालिका अध्यक्षमा घोषणा गरेको हो । चौरपाटी गाउँपालिका २ निवासी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भिमबहादुर साउदले आफ्नो गाउँपालिकाको पुनः मतगणना गरी पाउँ भनी उच्च अदालत दिपायलमा निवेदन दर्ता गरेका थिए ।
रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईमा गत असार २३ गते उच्च अदालत दिपायलले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ४१ (२), ४२, ४३ र ४४ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४१ (१ं) (क) बमोजिम एमाले उम्मेदवार हर्कबहादुर साउँदलाई अध्यक्षको हैसियतले काम नगर्नरनगराउन अन्तरीम आदेश जारी गरेको थियो ।
न्यायाधिशद्वय चित्रदेव जोशी र शेखरचन्द्र आचार्यको संयुक्त ईजलासले रिट निवेदकको दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको छ । न्यायालयको उक्त निर्णयसंगै अछाम चौरपाटीमा एमाले नेता साउँद नै अध्यक्ष हुने भएका छन् ।
आइतबारको बहसमा रिट निवेदकको तर्फबाट पूर्वमहान्याधिवक्ता बाबुराम कुँवर र बिपक्षीका तर्फबाट अधिवक्ताहरु टिकाराम भट्टराई, प्रबल शर्मा समेतले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट सहन्यायाधिवक्ता टेकबहादुर घिमिरे र उपन्यायाधिबक्ता दमन सिंह बिष्टले बहस गरेका थिए ।
चौरपाटी गाउँपालिकाको मतगणनामा एमालेका उम्मेदवार साउदले ३ हजार १३८ मत प्राप्त गरेका थिए । उनलाई निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार भिमबहादुर साउदले ३ हजार १३७ मत प्राप्त गरेका थिए । मतगणनाको परिणाम अनुसार दुई उम्मेद्वारबीच एक मतको मात्रै फरक रहेको थियो ।
कांग्रेसका साउदले मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतोमा आफूले पाएको मत घटाई एमाले उम्मेदवारलाई विजयी गराएको आरोप पुनः मतगणनाको आदेश गरिपाउन उच्च अदालतमा रिट निबेदन दिएका थिए ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











