सर्वेन्द्र खनालको ट्राफिक इन्चार्जहरुलाई निर्देशन, ‘बल लगाएर पनि उपत्यकाको जाम हटाउनुहोस्’
काठमाडौं, ११ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उपत्यकाको जाम हटाउन निर्देशन दिएका छन् । उपत्यकामा धेरै जाम भएको भन्दै त्यसलाई हटाउन ट्राफिक इन्चार्जहरुलाई निर्देशन दिएका हुन् । खनालले ट्राफिक प्रहरी महाशाखामा ट्राफिक इन्चार्जहरुलाई बोलाएर खनालले जाम हटाउन निर्देशन दिएका हुन्। ‘जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,’ खनालले भने, ‘सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु । लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्नुस् ।’
उनले तत्काल नै जाम हटाउने काम सुरु गर्न निर्देशन दिएका छन्। ‘कहाँ कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो पत्ता लगाउनुस्, उनले भने। ट्राफिक प्रहरीले पनि संयमित भएर काम गर्दा केही मात्रामा भएपनि जाम कम हुने उनले बताए। ‘जाम हटाउने काम आजैबाट सुरु भइसकेको छ, ‘ खनालले भने, ‘धेरै जाम हुन नदिन सबै वल प्रयोग गर्नेछु ।’
‘हो, सडकको अवस्था नाजुक छ, खाल्डाखुल्डी धेरै छन्, ट्राफिक लाइट छैन’ खनालले भने, ‘त्यसले गर्दा पनि काम गर्न समस्या भएको छ। सम्बन्धित निकायहरुको समन्वयमा सबै काम चरण चरणमा गर्छु।’ उपत्यकामा जथाभावी पार्किङ गर्ने काम भइरहेको र आजैबाट त्यसलाई पनि व्यवस्थित गर्ने काम सुरु भएको खनालले बताए।
त्यस्तै खनालले पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गरिने बताए। ‘कोही ट्राफिक प्रहरी लोभ लालचमा परे, छुटकारा दिइन्न’ उनले भने, ‘कारबाही हुन्छ।’ काठमाडौंमा ट्याक्सी चालकहरुको पनि मनलाग्दी रहेको भन्दै ठगी गर्ने, मिटरमा जान नमान्ने चालकमाथि कारबाही गरिने बताए। उपत्यकामा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउने, मोडिफाइ गर्नेहरुमाथि पनि कडा निगरानी राखिने खनालले बताए।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











