सञ्जय पण्डितको निधन भएको २ सातामै पत्नी कञ्चनले पण्डितको नासो पनि गुमाईन्
प्यूठान, ११ साउन । ‘हुने हार दैबले नि टार’ भन्ने प्रचलित उखान उनलाई सामान्य जस्तै लाग्थ्यो । आफुले त्यक्ति धेरै पीडा र वियोग नदेखेकि र नभोगेकाले पनि उनलाई यो उखान सामान्य जस्तै लाग्थ्यो । तर जब अमेरिककाको सबैभन्दा खतरानाक हिमाल चढ्ने क्रममा आरोही सञ्जय पण्डितको ज्यान गयो, तब उनकी श्रीमती कञ्चनले उखानको यर्थातता बुझिन् ।
असार २ गते अमेरिकाको आलस्का हिलाल आरोहण गर्ने क्रममा ज्यान गुमाएपछि पण्डितकी श्रीमती कञ्चनलाई दैवले नचिताएको पीडा दियो । कञ्चनले दुई दिनपछि पतीको निधनको खबर सुनिन् । सामान्यतया हिमाल आरोहण गर्न जाँदा सधै चिन्तामा रहने कञ्चन र पण्डितका आमाबुवालाई नसोचेको र नचिताएको जस्तै भयो । सञ्जय हरेक पटक हिमाल आरोहणमा जाँदा बुबाआमा र पत्नी कञ्चनको मुटु झस्कन्थ्यो ।
दोस्रो पटक सगरमाथाको सफल आरोहणपछि उनले अब हिमाल नचढ्न सुझाव पनि दिएकी थिइन् । तर, सञ्जयले मानेन् । उनी भन्थे, मानिस जन्म पछि पक्कै मर्छ, तर आफ्नो(आफ्नो ठाँऊ र देशको नाम राखेर मर्न डराउनु हुँदैन । सगरमाथाले मेरो शीर राख्यो, अव देशको नाम राख्न सात महादेशका उच्च हिमश्रृंखला चढ्छु ।’
यो पटक अन्तिम हिमाल यात्रा भनेपछि रोक्न सकिनन् । तर, त्यही अन्तिम हिमाल आराहणले कञ्चन र पण्डित परिवारमा अकल्पनीय त्रासदी आइलाग्यो । सञ्जयले सात महादेशका सात ‘डरलाग्दा’ हिमाल आरोहणको क्रममा गत असार २ गते अमेरिकाको आलस्कामा ज्यान गुमाए ।
उनीहरुको डेढ वर्षअघि मात्र विवाह गरेका थिए । त्यसमाथि उनी गर्भवती थिइन् । हरेक पल पतिको साथ चाहिने बेलामा सञ्जयले संसार नै नै छाडेको सुन्दा कञ्चन आफूलाई कसरी सम्हालिन् कल्पना गर्न पनि गाह्रो हुन्छन् । उनी अहिले त्यो क्षण सम्झन पनि सक्दिनन् । तर, कञ्चनको दुःख त्यतिमा सकिएन । पतिवियोगले विछिप्त कञ्चन १४ असारमा सुत्केरी भइन् । उनले छोराको जन्म दिइन् । सञ्चयलाई गुमाउँदाको पीडाकाबीच उनको ‘नासो’ छोराको जन्मले उनको घाउमा मलहम लगाउने काम गर्यो ।
तर, दुर्भाग्य कञ्चनले असार २२ गते छोरालाई पनि गुमाइन् । स्वास प्रस्वाससम्वन्धी समस्याका कारण उनको छोराको निधन भयो । अर्थात १५ दिनको अन्तरमा उनले पति र पुत्र बियोग सहनुपर्यो । ‘जीवन सबैले बाँचेका हुन्छन्, फरक यत्ति हो मैले सामान्य बाँचिन’ उनले भनिन्, ‘सबैले साथ दिए, अन्तिममा दैवले धोका दियो ।’ मंगलबार कञ्चनले नै सञ्जयको पार्थिव शरीरमा दाववत्ति दिइन् । उनी भन्छिन्, अन्तिममा आएर आज जीवनबाट हार खाँए तर सञ्जय पण्डितको पत्नी हुनुमा गर्व छ ।’
यसअघिका यात्रामा सञ्जयलाई नेपाल सरकार लगायत विभिन्न निकायहरुले सहयोग गर्दै आएका थिए । ‘करिव ७० लाख लाग्दो रहेछ अमेरिकाको हिमाल चढ्न’, आमा पावर्ताले भनिन्, ‘माइतीको पेवा सम्पत्ति बैंकमा ४० लाख ऋणमा राखेर पठाएकी हुँ ।’ पहिलेको गौमुखी विकास बैंक अहिलेको साइन रेसुङ्गा बैंकमा अझै ३१ लाख ऋण रहेको बताइन् ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











