काल सर्प योगका नाममा खुलेआम ठगी, विश्वास नगर्न सर्वसाधारणलाई आग्रह
काठमाडौं, १२ साउन । काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्ने कार्य भइरहेको भन्दै त्यसबाट सतर्क सरोकारवालाले आग्रह गरेका छन् । हरेक वर्ष नागपञ्चमीको दिन पारेर केही ज्योतिषीले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्दै आएको भन्दै काठमाडौंमा बुधबार भएको एक कार्यक्रमका वक्ताले ग्रन्थमा काल सर्पबारे कुनै कुरा उल्लेख नभएकाले त्यसमा विश्वास नगर्न आग्रह गरेका हुन् । काल सर्प योगका नाममा ४०० व्यक्तिबाट प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले रकम उठाई ठगी गरिरहेको पाइएको छ ।
नेपाल पञ्चांग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले कालसर्प योग शास्त्र विरुद्धको कुरा हो भन्दै यो अप्रमाणित, अशास्त्रीय श्लोक भएकाले ज्योतिषी पनि सतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले जनैपूर्णिमाको दिन ग्रहण परेकाले उपकर्म तथा रक्षाबन्धन नाग पञ्चमीका दिन गर्नुपर्ने बताउनुभयो । परिषद्का अध्यक्ष माधवराज पाण्डेले काल सर्प योगको नाममा दिन दहाडै सर्वसाधारण तथा अशिक्षित नागरिक ठगीमा परिरहेकाले सञ्चार माध्यमले यसलाई प्राथमिकता दिएर प्रसारण गरी ठगी कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले काल सर्प योग गलत, भ्रमपूर्ण भएको तथा तर्कपूर्ण नभएको भन्दै यो सरासर ठगी धन्दा भएको बताउनुभयो ।
ज्योतिषी कृष्ण अधिकारीले ब्रह्मवीर ग्रन्थमा काल सर्प योगबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै धेरै मानिस ठगीमा परिसकेको बताउनुभयो । नेपाल पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले यसबर्ष श्रावण शुक्ल पूर्णिमामा गरिने उपकर्म, रक्षाबन्धन धर्मशास्त्र र परम्परा नाग पञ्चमीमा गर्नुपर्ने बताउनुभयो । उहाँले अर्ध रात्रिकाल भन्दा अगाडि ग्रहण पर्यो भने नागपञ्चमीमा रक्षाबन्धन गर्नुपर्ने चर्चा गर्नुभयो । उहाँले ‘हिन्दू धर्मको मूलग्रन्थमा कहीँ पनि कालसर्प योग भेटिएको छैन, त्यसैले कालसर्प योग सत्य होइन, यो सरासर ठगी हो,’ भन्नुभयो ।रासस
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











