फेवातालमा जीप खस्दा १ जनाको ज्यान गयो
पोखरा, १५ साउन । पोखराको सेदीबगरमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । लेखनाथ महानगरपालिका–२६ सेदी बगरमा गएराति ग १ य ८७९ नम्बरको जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । पर्यटकीय स्थल पामेबाट पोखरा फर्कंने क्रममा जीप सेदी बगर नजिकबाट तल फेवातालमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटना भएलगत्तै पुगेको प्रहरीको टोलीले उद्धार गरेर उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाने क्रममा उनको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने ३ जना सामान्य छन् । गम्भीर घाइते भोजपुर घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने विष्णु राई र सोही स्थान बस्ने भक्तबहादुर राईको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते ३ जनाको पनि फिस्टेल हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












