डा. गोविन्द केसी पाँच वर्षमा ११ पटक अनशनः माग जस्ताको त्यस्तै
काठमाडौं, १६ साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११ औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको छ ।
पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन बसेका छन् । केसीले राखेका मागमध्ये अधिकांश पूरा भएका छन् । सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठका अनुसार अहिले केसीका माग बुँदागत रूपमा धेरै भए पनि छलफलमा दुईवटा मात्रै रहेको बताए ।
आफूहरूले दिएको सुझाबलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउनुपर्ने डा. केसीका मागका विषयमा छलफल भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार केसीको मागका विषयमा सरकार सकारात्मक छ ।
केसी पक्ष र सरकारी वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफल गराउन आग्रह गर्ने र आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउने विषयमा सबै पक्षबीच बसेर छलफल गर्ने विषयमा मोटामोटी सहमति भएको संयोजक श्रेष्ठले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत डा. केसीको माग सम्बोधन गरी तत्काल अनशन तोडाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











