भुटानी शरणार्थी हत्याका आरोपी १६ वर्षपछि पक्राउ, १२ वर्ष विदेशमा बसेका थिए
झापा, १७ साउन । झापामा एक भुटानी शरणर्थीको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । खुदुनाबारीमा रहेको शिविरका सन्तबहादुर अधिकारीको हत्यामा संलग्न साबिक खुदुनाबारी–७ का भुपेन्द्र भनिने भीमबहादुर भट्टराई १६ वर्षपछि पक्राउ परेका हुन् । खुदुनाबारीस्थित शरणार्थी शिविरको सेक्टर ए टुको हट नम्बर ३१ मा बस्दै आएका अधिकारीको हत्या गरेर फरार भएका थिए । भट्टराईलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
भट्टराईमाथि सामान्य विवादमा २०५८ साल चैत २६ गते खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेको आरोप छ । इलाका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेका अनुसार घटना भएको समयमा मादक पदार्थ सेवन गरेका भट्टराईले शिविरको चौकीदार गरिबसेका अधिकारीलाई राति टर्च लाइट माग्दा नदिएपछि विवाद भएको थियो । त्यसपछि विवाद बढ्दै जाँदा भट्टराईले नजिकैको सुखानी खोलामा लगेर अधिकारीको हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।
भट्टराईलाई पुरानो हुलियाको आधारमा साउन ४ गते बिर्तामोडको मुक्तिचौकबाट पक्राउ गरिएको हो । अधिकारीको निर्ममतापूर्वक हत्या गरी सोही राति भट्टराई काठमाडौं गएको उनले प्रहरीलाई बयान दिएका छन् । त्यसपछि वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्षजति मलेसिया, कम्बोडिया र भियतनाममा बसेका थिए । करिब २ वर्षअघि नेपाल आएर बिहेसमेत गरेका भट्टराईलाई पहिले ५ र अहिले १० दिन म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











