परपुरुषहरुसँग अनैतिक सम्बन्ध राखेको भन्दै हत्या गरेको आरोपमा बाबु र दाजु पक्राउ
महोत्तरी, १७ साउन । महोत्तरीको गौशाला नगरपालिका–२ बस्ने एक महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । उनीहरु मृतक महिलाका बाबु र दाजु हुन् ।
गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरेका थिए । गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो ।
विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर मारेको प्रहरी उपरीक्षक लम्सालले बताए । महतो बाबु/छोरालाई इलाका प्रहरी कार्यालय, गौशालाले पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ । रासस
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












