‘ए बाजे उठ्नुहोस्, यो महिला सिट हो’ माफ पाऊ नानी भन्दै बाजे जुरुक्क उठेर उभिए
काठमाडौं, १७ साउन । अहिले हरेक क्षेत्रमा पनि आरक्षणको कुरा आउँछ । त्यो आरक्षणमा पनि सबैभन्दा बढी महिलाहरुको कुरा हुन्छ । बसमा सवार गर्दा होस्, या सरकारी कामको लागि लाईनमा बस्दा नै किन नहोस्, त्यहा आरक्षणको कुरा आइहाल्छ । हुनत आरक्षण कानुनले दिएको अधिकार हो । तर आफ्नो अधिकार प्रयोग गर्ने बाहनामा सामान्य मानवियता समेत बिर्सिदिन्छन् । यो समस्या विशेषगरी सार्वजनिक यातायातमा यात्रा गर्दा व्याप्त छ ।
एउटा ७० वर्षको बृद्ध मानिस भूलबस महिला आरक्षणको सिटमा बस्छन् । उनलाई यो महिला आरक्षण सिट हो भन्ने थाहा थिएन् होला । ति बृद्ध मानिस बन्दा गाडीका सहचालकले पनि महिला नभएकाले खासै मतलब गर्दैनन् । त्यक्तिकैमा गाडी अगाडी बढ्छ । लगभग १५ मिनेट गाडी बढिसकेपछि एक जना त्यस्तै २५/३० वर्ष जतिकी देखिने महिला आउँछिन् । उनी बसमा कहि नहेरेर महिला आरक्षण सिट भएको ठाउँमा हेर्छिन् । त्यो सिटमा बसेका ७० वर्षका बृद्ध मानिसलाई अलि रुखो भाषामा, ‘ए बाजे त्यो महिला आरक्षण सिट हो उठ्नुहोस्’, बृद्ध खुरुक्क उठ्छन् र ती महिला बस्छिन् । अलिकति पनि मानवियता नभएकी ती महिलाई बसमा भएका सबैले एक नजरले नियालिरहे । बसमा सवार त्यतिका यात्रुले नियालेर हेर्दा पनि ती युवती व्यागबाट मोवाईल (आईफोन) निकालेर चलाउनमा व्यस्त हुन्छिन् ।
त्यस्तै बुटबल घर भएका अर्का एक बृद्ध मानिसको पनि त्यही हालत हुन्छ । अरु महिला तथा बृद्ध लेखिएको सिटमा अरु महिलाहरु बसेका थिए । एकैछिन उहाँ त्यही सिटमा बस्नुभयो । त्यसपछि दुइजना महिलाको प्रबेस भयो गाडी भित्र । गाडिका सहचालकले बृद्ध बुवातिर सङ्केत गर्दै केही भने, ‘बुवा त्यो महिला सिट हो त्यहा नबस्नुस यिनिहरुलाई छोड्दिनुस”
त्यस लगतै उहा ‘ए ल’ भन्दै एउटा हात खुट्टाको घोडामा अर्को गाडिको झ्यालमा समाती त्यस सिटबाट उठ्नुभयो । ती महिलाहरुले सहचालकले भनेको कुरा सुनेका थिए । बुवा उठ्ने बित्तिकै थ्याङ्क यु अङ्कल भन्दै बसे । अरु गाडिको सिट खाली थिएन उहाँ एकैछिन उभिनुभयो ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











