‘ए बाजे उठ्नुहोस्, यो महिला सिट हो’ माफ पाऊ नानी भन्दै बाजे जुरुक्क उठेर उभिए
काठमाडौं, १७ साउन । अहिले हरेक क्षेत्रमा पनि आरक्षणको कुरा आउँछ । त्यो आरक्षणमा पनि सबैभन्दा बढी महिलाहरुको कुरा हुन्छ । बसमा सवार गर्दा होस्, या सरकारी कामको लागि लाईनमा बस्दा नै किन नहोस्, त्यहा आरक्षणको कुरा आइहाल्छ । हुनत आरक्षण कानुनले दिएको अधिकार हो । तर आफ्नो अधिकार प्रयोग गर्ने बाहनामा सामान्य मानवियता समेत बिर्सिदिन्छन् । यो समस्या विशेषगरी सार्वजनिक यातायातमा यात्रा गर्दा व्याप्त छ ।
एउटा ७० वर्षको बृद्ध मानिस भूलबस महिला आरक्षणको सिटमा बस्छन् । उनलाई यो महिला आरक्षण सिट हो भन्ने थाहा थिएन् होला । ति बृद्ध मानिस बन्दा गाडीका सहचालकले पनि महिला नभएकाले खासै मतलब गर्दैनन् । त्यक्तिकैमा गाडी अगाडी बढ्छ । लगभग १५ मिनेट गाडी बढिसकेपछि एक जना त्यस्तै २५/३० वर्ष जतिकी देखिने महिला आउँछिन् । उनी बसमा कहि नहेरेर महिला आरक्षण सिट भएको ठाउँमा हेर्छिन् । त्यो सिटमा बसेका ७० वर्षका बृद्ध मानिसलाई अलि रुखो भाषामा, ‘ए बाजे त्यो महिला आरक्षण सिट हो उठ्नुहोस्’, बृद्ध खुरुक्क उठ्छन् र ती महिला बस्छिन् । अलिकति पनि मानवियता नभएकी ती महिलाई बसमा भएका सबैले एक नजरले नियालिरहे । बसमा सवार त्यतिका यात्रुले नियालेर हेर्दा पनि ती युवती व्यागबाट मोवाईल (आईफोन) निकालेर चलाउनमा व्यस्त हुन्छिन् ।
त्यस्तै बुटबल घर भएका अर्का एक बृद्ध मानिसको पनि त्यही हालत हुन्छ । अरु महिला तथा बृद्ध लेखिएको सिटमा अरु महिलाहरु बसेका थिए । एकैछिन उहाँ त्यही सिटमा बस्नुभयो । त्यसपछि दुइजना महिलाको प्रबेस भयो गाडी भित्र । गाडिका सहचालकले बृद्ध बुवातिर सङ्केत गर्दै केही भने, ‘बुवा त्यो महिला सिट हो त्यहा नबस्नुस यिनिहरुलाई छोड्दिनुस”
त्यस लगतै उहा ‘ए ल’ भन्दै एउटा हात खुट्टाको घोडामा अर्को गाडिको झ्यालमा समाती त्यस सिटबाट उठ्नुभयो । ती महिलाहरुले सहचालकले भनेको कुरा सुनेका थिए । बुवा उठ्ने बित्तिकै थ्याङ्क यु अङ्कल भन्दै बसे । अरु गाडिको सिट खाली थिएन उहाँ एकैछिन उभिनुभयो ।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












