संघीय ढाँचामा जान लागेको नेपाली सेनाको संरचना यस्तो हुनेछ

काठमाडौं, १८ साउन । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो।
सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको खबर आजको कान्तिपुर दैनिकमा छ । जसअनुसार संख्या नबढाई संरचना चुस्त बनाउँदै दुई पृतना थप्ने तयारी छ। सेनामा संख्या पनि बढाउने बहस भए पनि हाललाई यही संख्याबाट पद मिलान गर्दै पृतना थप्न लागिएको हो।
नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाको संगठन पुनः संरचनालाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताए। २०७२ फागुनमा गठित ‘रक्षा मन्त्रालय र नेपाली सेनाको सांगठनिक पुनः ढाँचासम्बन्धी अध्ययन कार्यदल’ ले दिएको सुझावका आधारमा काम अघि बढाइएको उनले बताए। सेनाको वर्तमान संरचना विकास क्षेत्र, अञ्चल र जिल्लामा आधारित छ। देशको राजनीतिक तथा प्रशासनिक विभाजनअनुसार बनाइएको यसखाले सैनिक संरचनालाई अब प्रादेशिक तहमा लगिनेछ।
उपत्यका र हरेक प्रदेशमा पृतना मुख्यालय राख्ने गृहकार्य अन्तिम चरणमा पुगेको सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले जानकारी दिए। नयाँ संरचनाअनुसार पृतनाहरूको संख्या ८ हुने भएकाले दुई पृतनापतिको व्यवस्थापनका लागि दरबन्दी समायोजन तयारीसमेत अन्तिम चरणमा पुगेको सैन्यस्रोतले जनायो। अहिले पाँच विकास क्षेत्र र राजधानीमा गरी सेनाका ६ वटा पृतना छन्।
पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको हेटौंडा, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढी तथा उपत्यकामा एउटा पृतना मुख्यालय छ । अब दुई नम्बर र पाँच नम्बर प्रदेशमा पृतना थपिनेछन्। हरेक प्रदेशमा पृतना रहने र त्यो क्षेत्रको कमान्ड त्यही पृतनाबाट रहने भए पनि मुख्य कमान्ड भने केन्द्रीय प्रणालीबाट हुनेछ । सुरक्षाको नेतृत्व पनि केन्द्रमै रहनेछ।
पृतनाले आफ्नो प्रदेशअन्तर्गतका सबै बाहिनी, गण, गुल्म तथा अन्य युनिटहरूको समन्वय गर्ने गरी नयाँ संरचना तय गर्न लागिएको स्रोत बताउँछ। सेनाको कमान्ड संरचनामा तीन टुकडी बराबर एक गुल्म, तीन गुल्म बराबर एक गण, तीन गण बराबर एक बाहिनी र तीन बाहिनी बराबर एक पृतना रहन्छन्।
सबै प्रदेशमा सुरक्षा सन्तुलन र कमान्ड संरचना मिलाउन संख्यादेखि अन्य दरबन्दीसमेत हेरफेर गर्न लागिएको सैन्य अधिकारीले जनाए। संरचनामा हेरफेर भए पनि तत्काल दरबन्दी तथा संख्या भने बढ्ने छैन। नेपाली सेनामा हाल करिब ९६ हजारको संख्यामा दरबन्दी छ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











