‘हेलो सरकार’ अब सरकारी कल सेन्टरमा परिणत हुने
काठमाडौं, १८ साउन । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराए ।
कलसेन्टरबाट सर्वसाधारणले आफ्नो गुनासाको प्रत्यक्ष समाधान हुनेछ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासा फोनमार्फत टिपिरहनु पर्ने झन्झट पनि हराउनेछ । यसका लागि हेलो सरकारले ‘अमीयो’ नामक नयाँ सफ्टवेयर ल्याएर कलसेन्टरको शुरुवात गर्न थालेको हो । हेलो सरकारका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले कलसेन्टरमा आएका सर्वसाधारणको गुनासो सिधै सम्बन्धित अधिकारीलाई जान्छ र ती अधिकारीले गुनासोलाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्ने बताए ।
हेलो सरकारले सबै निकायका सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा ती गुनासो सिधै कलसेन्टरमार्फत पुर्याउने गर्दछ र पुगेका गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको छ । यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवको मोबाइल नम्बरमा समेत गुनासो पुग्ने गर्दछ र उनीहरुले पनि तत्कालै गुनासोलाई सम्बोधन गर्नुपर्दछ ।
‘सर्वसाधारणका गुनासा कलसेन्टरमा आउँछन् र हामीले कुन निकायको गुनासो हो । त्यो निकायका आधिकारिक व्यक्तिलाई तत्कालै फोनबाट आएका गुनासा कलसेन्टरमार्फत फरवार्ड गरेर पुर्याउछौं,’ उनले भने, ‘ती गुनासोलाई सम्बन्धित अधिकारीले तुरुन्तै समस्या समाधान गर्नुपर्दछ ।’
यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उनको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो ‘रेकर्ड भ्वाइस’ पठाइन्छ र व्यस्ततापछि उनीहरुले ‘रेकर्ड भ्वाइस’ सुनी समस्या सम्बोधन गर्नेछन् । यसरी पछि पठाइएको गुनासोको सम्बोधन गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा जान्छ र उनीहरुले आफ्नो गुनासोको सम्बोधन सुन्नेछन् ।
सूचना प्रविधि निर्देशक रेग्मीले अहिले कलसेन्टर परीक्षणका क्रममा रहेको बताए । ‘अहिले सवैको मोबाइल नम्बर लिएर परीक्षण गर्ने तयारीमा रहेका छौैं,’ उनले भने, ‘अबको एक डेढ महिनापछि हामी पूर्णरुपमा कलसेन्टरमार्फत जनताका गुनासो सम्बोधन गर्नेछौं ।’
यसैगरी, कलसेन्टरबाट नै हेलो सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका राष्ट्रका नाममा सम्बोधन भएको पनि प्रत्यक्षरुपमा सर्वसाधारणको मोबाइलमा सुन्न सकिने व्यवस्था पनि गर्ने तयारी गरेको छ । ‘अहिले हामीले गुनासो गर्ने सबैको नम्बर टिपिरहेका छौं,’ रेग्मीले भने, ‘ती नम्बरमा राष्ट्रपति र प्रधानमन्त्रीले गरेका सम्बोधन तुरुन्तै पठाएर प्रत्यक्षरुपमा उनीहरुले सुन्न सक्नेछन् ।’ ती सर्वसाधारणले प्रत्यक्ष सम्बोधन सुनेको मोबाइलमा पैसा तिर्नुपदैन ।
हेलो सरकारले अहिले पाँच विकास क्षेत्रमा नै यसको शुरुवात गर्ने योजना बनाएको छ । २०६८ कात्तिक १९ गतेदेखि शुरु भएको हेलो सरकारमा अहिलेसम्म ६४ हजार २५० गुनासामध्ये ५६ हजार ७५९ गुनासो फछ्र्योट भएका छन् । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











