कडा सुरक्षाकाबीच भरतपुर १९ मा पुनः मतदान सुरु, मतदाताहरु छाता ओढेर मतदानमा सहभागी
भरतपुर, २० साउन । भरतपुर महानगर वडा नम्बर १९ मा उच्च सुरक्षाबीच पुनः मतदान सुरु भएको छ । वडा नम्बर १९ मा ३ हजार ८ सय ९७ मतदाता छन् । यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो । वडा नम्वर १९ मा ३ वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेका छन् । आजको चुनावको लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । एउटा वडामा मात्रै एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१, सशस्त्र प्रहरीका २९७ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको एसपी थापाले बताए । गएको जेठ १४ गते राती गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गएको शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज चुनाव हुन लागेको हो ।
बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । प्रत्येक मतदानस्थलमा सुरक्षाकर्मी पहिलेको तुलनामा ज्यादै बढी परिचालन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीनै मतदानस्थललाई ‘अति संवेदनशील’ मानेर उच्च सुरक्षा दिइएको बताए । “मतदाताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न सक्नेछन्”, उनले भने, “जिल्लाभरिकै सुरक्षा त्यहीं केन्द्रित छ ।” उनले मतदान गर्न आउने मतदातालाई पानी परेमा पनि सहजरुपमा मतदान गर्न मिल्ने गरी टेण्टको व्यवस्था मिलाइएको बताए ।
पुनः भइरहेको मतदानमा वर्षाका कारण छाता ओढेर सर्वसाधरण मतदानमा सहभागी भएका छन्। मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन्। “विशेष परिस्थितिमा पुनःमतदान हुँदैछ”, उनले भने, “सम्भावित सुरक्षा चुनौतीप्रति सजग छौँ, सुरक्षामा कुनै कमी हुने छैन ।” जिल्ला सुरक्षा समितिले सबै बुथलाई अति संवेदनशील मानेर सोहीअनुसार सुरक्षा रणनीति बनाएको छ ।
भरतपुर–१९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् । भरतपुर वडा नम्बर २० को मतगणना गर्न बाँकी नै छ । भरतपुर महानगरको मेयरमा कांग्रेसको समर्थनमा माओवादीकी रेणु दाहाल, एमालेका देवी ज्ञवाली छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












