नारायणगढ-मुग्लिन सडकमा सवारी चलाउन रोक, नवलपरासीको दाउन्नेमा पहिरो जाँदा सडक अबरुद्ध
नवलपरासी, २० साउन । नवलपरासीको दाउन्नेमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा गएराति ठूलो पहिरो गएको हो । पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बर्दघाट प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरे पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तरगत दाउन्नेमा रहेको प्रहरी बिटदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाको कारण पहिरो खस्दा यातायात अबरुद्ध भएको हो । बिहीबार राति साढे १२ बजेतिर पहिरो खसेपछि सवारी साधन तथा यात्रुहरु ८ घन्टादेखि अलपत्र छन् ।
नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी चलाउन रोकः
यस्तै विभिन्न ठाउँमा ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनदेखि गाईघाटसम्म १० ठाउँमा ठूलो पहिरो खसेको तथा केही ठाउँमा सडक नै बगाएकाले गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ ।
बिहीबार बेलुकी एक घण्टा एकतर्फी खुलाएर बाटोमा रोकिएका गाडी पठाएपछि जोखिम रहेको भन्दै अरु गाडी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको चितवन प्रहरीले जनाएको छ । सबैतिरको पहिरो पन्छाएपछि मात्र गाडी चल्न दिईनेछ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











