एक सातामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु
बर्दिवास, २० साउन । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई बिहीबार बिहान विषालु सर्प करैतले डसेको थियो । यसअघि मङ्गलबार बर्दिवास–१ कै औरहीरोडमा चार वर्षीया बालिका र गत आइतबार यहीँकै १५ वर्षीय किशोर आशीष अधिकारीको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।
करैतको टोकाइ सर्प नदेख्दा कमिलाले टोकेको भान हुने हुँदा उपचारमा पुर्याउन ढिलाइ भएर मृत्यु हुने गरेको पाइएको छ । गोमनको ठूलो स्वरको फुङ्कार हुने हुँदा तत्कालै सर्पले टोकेको थाहा पाइने र करैतको टोकाइ लाटो हुने भएकाले सर्प नदेख्दा धेरै पछि बिरामीको अवस्था गम्भीर भएपछि मात्र देखिने लक्षणले सर्पले टोकेको बुझिने हुँदा करैतको टोकाइमा झुक्किने गरेको सर्प दंश उपचार केन्द्र, बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । यो सातामा मृत्यु भएका तीनै जनालाई करैतले नै टोकेको पाइएको छ ।
पछिल्लो साताको प्रचण्ड गर्मी र वर्षाबीच सर्पको बिगबिगी बढे पनि बर्दिवासस्थित सर्प दंश उपचार केन्द्रमा सर्प दंशको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भाइलको अभाव, भाइल सुरक्षित भण्डारण गर्न ठाउँ र उपकरणको अभाव एवम् व्यवस्थापकीय समस्याले कैयौँ पटक बिरामीलाई अन्यत्र लान बताइँदा मानवीय क्षति बढ्ने गरेको बर्दिवासका सामाजिक, राजनीतिक कार्यकर्ता अम्बिकाप्रसाद गौतम बताउनुहुन्छ ।
अब बढ्दो मानवीय क्षतिलाई मध्यनजर गरी बर्दिवास नगरपालिका, अन्य सरकारीरगैरसरकारी सङ्घसंस्था र स्थानीय राजनीतिक दलले उपचार केन्द्रको सुविधा र साधनस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणले बताएका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












