गृहमन्त्री शर्मा भन्छन्, ‘काठमाडौंका सडकमा मात्र हैन्, कोठाभित्र पनि विकृति छ, यसलाई हटाउँछु’
काठमाडौं, २० साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौंमा अत्यधिक विकृति र विसंगति रहेको दाबी गरेका छन् । विकृति र विसंगतिले सुरक्षा चुनौती थपिरहेको भन्दै मन्त्री शर्माले त्यसको लागी जनस्तरबाट नै पहल खोजिनुपर्ने बताएका हुन् । शुक्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौंको लैनचौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले हरेक टोलले आफ्नो सुरक्षा स्वयंसेवक तयार पार्नुपर्ने बताएका हुन् ।
काठमाडौंको विकृति र विसंगति हटाउन आफू प्रतिवद्ध रहेको भन्दै उनले जनताको सहयोग आवश्यक ।हृकाृ बताए । मन्त्री शर्माले भने, ‘काठमाडौंमा भरिएको विकृति र विसंगतिको धुलोलाई हटाउन प्रतिबद्ध छु, त्यसका लागि जनताको सहयोग चाहेको छु ।’
‘विकृतिहरु सडकमा मात्र छैन कोठा भित्र पनि छ, त्यो विकृति हल गर्नु अबको दायित्व हो,’ विकृति अन्त्यका लागि गृह प्रशासनले ब्यवस्थित प्रहरी परिचालन गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘त्यसमा गृह प्रशासनको मुख्य भूमिका रहन्छ, जसमा तपाई नागरिकको सहयोग भयो भने थोरै समयमा काठमाडौं क्लिन हुनेछ ।’
काठमाडौंबासीलाई आफ्नो टोल र गल्लीमा हुने गतिविधिको रिपोर्ट गर्न पनि मन्त्री शर्माले आग्रह गरे । उनले भने, ‘हरेक टोल र गल्लीको रिपोर्ट पाएमा प्रहरीले काम गर्न सक्नेछ, त्यसमा प्रहरी कर्मचारीलाई थोरै पनि बदमासी गर्न दिइने छैन ।’
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












