यी हुन् आयल निगमका गोपाल खड्काले गरेका ११ ठूला घोटाला

काठमाडौं, २२ साउन । नेपाल आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्का नियुक्त भएदेखि नै विवादमा छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका आपूर्तिमन्त्री सुनील थापाको सिफारिसमा १४ माघ ०७१ मा मन्त्रिपरिषद् निर्णयबाट खड्काले निगम प्रमुखमा नियुक्ति पाएका हुुन् । त्यसयता सार्वजनिक संस्थानका प्रमुखमध्ये सबैभन्दा विवादमा खड्का नै छन् ।
१. भारतले नाकाबन्दी लगाएपछि मुलुकभर इन्धन अभाव भयो । निगमले २१ असोज ०७२ मा निजी क्षेत्रबाट १५ दिनका लागि २ सय किलोलिटर डिजेल, सय किलोलिटर पेट्रोल, २ सय किलोलिटर हवाई इन्धन र सय टन ग्यास आपूर्तिका लागि सूचना जारी गरेको थियो । त्यसमा भारत, चीन, मलेसिया, अरबलगायत देशबाट इन्धन ल्याउन २० भन्दा बढी कम्पनीले प्रस्ताव गरेका थिए । तर, अन्य कर्मचारीको आपत्तिबीच पनि खड्का एक्लैले विराट पेट्रोलियमलाई २० करोड रुपैयाँ पेस्कीसमेत दिएर इन्धन खरिदका लागि अधिकार दिएका थिए । विराटले पेट्रोल २३० रुपैयाँ ७१ पैसा र डिजेल १ सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर (भन्सारसहित) मा निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको थियो । र, सोही प्रस्तावलाई खड्काले स्वीकार गरेका थिए । यसो गर्दा निगमले प्रतिलिटर पेट्रोलमा १ सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा १ सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्ने थियो । चौतर्फी विरोध भएपछि विराट पछाडि हट्न बाध्य भयो ।
२. २३ कात्तिक–०७२ मा निगम प्रबन्ध निर्देशक खड्काले पत्रकार सम्मेलन गरी भोलिपल्ट ९२४ कात्तिक० देखि सुरक्षा निकायबाहेक कसैलाई पेट्रोलियम नदिने बताए । उनले मनोमानी ढंगले इन्धन वितरण गरेकामा मन्त्रालयले अंकुश लगाएको झोकमा सर्वसाधारणलाई त्रसित गराउन उनले यस्तो घोषणा गरेका थिए । तर, नियमित तालिकामा तेल बाँडेर एक दिनअघि मात्रै गरेको निर्णयको आफैँले मजाक बनाए ।
३. नाकाबन्दीबीच थोरै आएको तेल पम्पले प्रायः राति मात्र वितरण गरिरहेका थिए । त्यो संकटका वेला डिपोसम्म आएको तेल तत्काल वितरण नगरी कार्यालय समयमा १० बजेपछि मात्र वितरण सुरु गर्दा पम्पमा तेल बेलुका मात्रै पुग्थ्यो । सरकारले तत्कालै वितरण गर्न निर्देशन दिँदा पनि निगम प्रमुखले टेरेनन् ।
४. नाकाबन्दीको सुरुवातबाटै इन्धनमा कालोबजारी सुरु भयो । ३ मंसिरमा तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनले सहसचिव जीवराज कोइरालाको नेतृत्वमा छानबिन समिति नै बनाएका थिए । तर, खड्काको दबाबमा प्रभावहीन बनेको समितिले कुनै सिफारिससमेत गर्न सकेन ।
५. एउटा डिपोबाट अर्को डिपोको कार्यक्षेत्रमा तेल बाँड्न पाइँदैन । तर, खड्काकै निर्देशनमा काठमाडौंको हामा पेट्रोलपम्पका लागि भैरहवा नजिकैको भलवारी डिपोबाट १२ हजार लिटर डिजेल ल्याइयो । अख्तियारले छानबिन थालेको थियो, तर कारबाही भएन ।
६. नाकाबन्दी अवधिभर सर्वसाधरण साता दिनसम्म पनि पेट्रोलपम्पवरिपरि लाइनमा बस्न बाध्य थिए, तर खड्काले ८ लाख रुपैयाँसम्म लिएर पहुँचवालालाई ट्यांकरका ट्यांकर तेल दिए । अनियमित रूपमा तेल बाँडेको पाएपछि खड्काका सहयोगी तथा थानकोट डिपोका तत्कालीन प्रमुख रविन शर्मा पक्राउ परे । तर, रविनले सफाइ मात्र पाएनन्, अहिलेको विवादित जग्गा खरिदमा पनि मुख्य भूमिका खेले ।
७. ११ मंसिर ०७२ मा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय नेतृत्वको सञ्चालक समितिले विराट पेट्रोलाई २० करोड पेस्की दिएको र चीनबाट इन्धन ल्याउन पहल नगरेकोलगायत विषयमा खड्कासँग स्पष्टीकरण सोधेको थियो । दुई दिनमा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सञ्चालक समितिले १९ मंसिरमा कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, आपूर्तिमन्त्री गणेशमान पुनले कारबाही गरेनन् ।
८. दिनेश यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न निर्देशन दिए पनि खड्काले पूर्वको प्रमुख बनाएका थिए । तर, उनी गएलगत्तै ०७३ फागुनमा पूर्वमा पेट्रोलियमको हाहाकार भयो । तर, यसको जिम्मेवारी यादव वा खड्का कसैले पनि लिएका छैनन् ।
९. निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्दा खासै नघटाउने तर बढ्दा धेरै बढाउने गरेको छ । ७ पुस ०७३ मा निगमले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले वृद्धि गरेको थियो । धेरै बढेको भन्दै संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले घटाउन निर्देशन दिएको थियो । तर, खड्काले धेरै नाफा राखेर बोनस वितरण गर्ने तयारी गरेका छन् ।
१०. आर्थिक वर्ष ०७२\७३ मा खड्काको एकल निर्णयका आधारमा १२ वटा नयाँ ग्यास उद्योगलाई इजाजत दिएका छन् । उद्योग थप्न नपाइने नीतिविपरीत खड्काले इजाजत दिए । त्यस्तै, हालसालै १८ उद्योगको शाखा विस्तार गर्ने अनुमति पनि दिएका छन् ।
११. ९० दिनको पेट्रोलियम पदार्थ भण्डारणगृह बनाउन संसदीय समितिले सरकारी जग्गा प्रयोग गर्न निर्देशन दिए पनि खड्काले झापा, सर्लाही, चितवन र भैरहवामा कुल ७६ बिघा १४ कट्ठा निजी जग्गा खरिद गरेका छन् । अहिले संसद्को उपभोक्ता समिति र अर्थ समितिले छानबिन गरिरहेको छ । लेखा समितिले आवश्यक छानबिन गरी दोषी भेटिए कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि
काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।...
-
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्ताे छ भव्य तयारी !
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आजदेखि सुरु हुँदै छ । एमाले प्रचार तथा प्रकाशन...
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...












