खाल्डोमा डुबेर ४ बालिकाको ज्यान गएपछि ठेकेदार पक्राउ, बालिकाको शव सडकमा राखेर प्रदर्शन
रौतहट, २२ साउन । सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि सडक बनाउने जिम्मा पाएको ठेकेदार पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिकामा खाल्डोमा डुबेर शनिवार चार बालिकाको ज्यान गएपछि ठेकेदार मध्येका एक प्रल्हाद साहलाई प्रहरीले प्रक्राउ गरिएको हो ।
ठेकेदारले सडक बनाउँदा खाल्डो खनेको र खाल्डो नपुरेकाले जमेको पानीमा डुबेर बालिकाहरुको ज्यान गएको भन्दै मृतकका परिवारजन तथा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीयले बालिकाहरुको शव सडकमै राखेर विरोध प्रदर्शन गरेका हुन् । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।
बालिकाहरुको शव पोष्टमार्टम गरेर आइतबार आफन्तले जिम्मा लिएका छन् । शव बुझेलगत्तै पीडित पक्षले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर करिब दुई घण्टा सडक जाम गरेका थिए । एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको थियो ।
शनिबार दिउँसो घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउँने क्रममा डुबेर गरुडा नगरपालिका–४ स्थित स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनीता साह र ९ वर्षीया संगीता साहको ज्यान गएको थियो। त्यस्तै स्थानीय प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












