जब मन्त्री आफैं लाइसेन्स लिन लाइनमा बसे‘, दलालहरुलाई समाउन खोज्दा भागाभाग
ललितपुुर, २३ साउन । सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए। दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने। ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक दुई जनासँग संवाद पनि गरे।
त्यसरी लाइनमा बसेर सेवाग्राहीसँग संवाद गर्ने ती व्यक्ति यातायात मन्त्री वीरबहादुर बलायर थिए। आजको कान्तिपुर दैनिकमा खबर छ ।मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए। ‘म अनुगमनमा निस्केको कुरा यातायातलाई जानकारी थिएन, सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ’ उनले भने।
सुरुमा सादा पोसाकमा गएको प्रहरी टोलीले कार्यालयअगाडि भेटिएका दलालसँग सवारी अनुमति पत्र बनाइदिन अनुरोध गरे। दलालले पनि आग्रह ठानेर, ‘अहिले गाह्रो छ तर, मिलाउन पनि सकिने’ भन्दै सम्पर्कमै रहन अह्राए। तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरेको थाहा पाएपछि दलालको भागाभाग भएको थियो।
बारम्बार सर्भर डाउन हुने र दलालको बिगबिगी बढ्न थालेपछि आफू निरीक्षणमा आएको मन्त्री बलायरले बताए। ‘यातायात कार्यालय वरिपरि बस्ने दलाललाई हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छु’ उनले भने ‘कार्यालयमा जनशक्ति अभावले पनि समस्या भएको देखिन्छ।’ उनले सरकारी निकायबीच समन्वय नहुँदा भद्रगोल अवस्था बनेको बताए। ‘दक्ष कर्मचारीको व्यवस्थापन गर्छु उनले भने।’
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












