रसुवामा पहिरोले ८ घर पुरिंदा ४ जना बेपत्ता, बाटो अप्ठ्यारो भएकाले उद्धारमा कठिनाई
रसुवा, २३ साउन । रसुवामा पहिरोमा ८ घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । उत्तरगया गाउँपालिका–४ मा पहिरेबेंसीमा गएराति आएको पहिरोले धर्मराज थापा मगरको घर पुरिएको हो । पहिरोमा परी ७५ वर्षीय थापासहित, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नातिनी र ७८ वर्षीय भक्तबहादुर नगरकोटी बेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
पैरेबेंसीको दुई वस्तीमा पहिरो झरेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । रातीको समयमा उद्दार गर्न समेत कठिनाई भएपछि आज बिहानैदेखि उद्धार कार्य थालिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । आज बिहानदेखि सुरक्षाकर्मी, स्थानीयको सहयोगमा उद्धारको कार्य जारी रहेको न्यौपानेले बताए । पहिरोका कारण चारैतिर बाटो अवरुद्ध भएका कारण उद्धारकर्मी घटनास्थल जान नसकेका न्यौपानेको भनाई छ ।
आइबार राति ११ बजे आएको पहिरोमा पर्नेहरुको उद्धार गर्न नुवाकोटको श्रीनाथ गणबाट सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना सेना घटनास्थल गएको थियो । केहीको रातिनै उद्धार गरिएको र बिहान पुन उद्धार र बेपत्ताको खाजी सुरु गरिएको प्रमुख सेनानी राहति गुरुङले बताए । यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुईवटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












