सर्वेन्द्र खनाल भन्छन्, ‘म उपत्यकाको मात्रै ट्राफिक ब्यवस्थापन हेर्छु भन्ने मन्त्रीलाई नै थाहा छैन्’
काठमाडौं, २३ साउन । ट्राफिक प्रहरी प्रमुख डिआईजी सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक ब्यवस्थापन गर्न एउटा मास्टर प्लान बनाउनुपर्ने बताएका छन् । उपत्यकाको ट्राफिक ब्यवस्थापनमा खटिएका डिआईजी खनालले मास्टर प्लानको लागी सबै निकायले सहकार्य गर्नु जरुरी रहेको बताए । सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले पहिलो चरणमा आफुले ट्याक्सीमाथि निगरानी गरिरहेको बताए ।
काठमाडौं उपत्यकमा ट्याक्सीवालाहरुको मनलाग्दी भईरहेको भन्दै त्यसलाई नियन्त्रण एयरपोर्टको ट्याक्सीबाट सुरुवात गरिएको बताए । सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न आफुले एयरपोर्टको ट्याक्सीबाट कारबाही सुरु गरेको बताएका हुन् ।
बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको बताए । ‘सार्वजनिक सवारीको अब्यवस्थाका कारण प्रताडित हुनेमध्ये म पनि एक हुँ । कहाँ कहाँ सुधार्नुपर्छ मलाई थाहा छ’ डिआईजी खनालले भने,’सुरुवात एयरपोर्टको ट्याक्सीबाट गरेको छौं ।’ अहिले एयरपोर्टको प्रिपेड ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई ठग्ने क्रम तीव्र छ । छोटो दूरीमा पनि बढी भाडा लिने गर्दा धेरै यात्रुलाई समस्या छ ।
उनले उपत्यकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट ताकेको बताए । मिटरमा नचल्ने ट्याक्सीमाथि कारवाही सुरु गरिएको बताए । ‘९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन जोडेका छैनन् । तिनीहरुबाटै ठगी बढी भइरहेको छ,’ डिआईजी खनालले भने ।
उनले कसको जिम्मेवारी के हो भन्ने किटान नहुँदा पनि समस्या आएको भन्दै उनले अन्तर सरकारी समन्वयको अभावले पनि धेरै काम गर्न अप्ठेरो भएको बताए । ‘अस्ति माननीय ज्यूले लौ न ! मुग्लिनको जाम खोलिदिनुर्यो भनेर मलाई फोन गर्नुभयो । म उपत्यकाको मात्रै ट्राफिक ब्यवस्थापन हेर्छु भन्ने धेरै जिम्मेवार अधिकारीलाई नै थाहा छैन’ खनालले भने ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












