काठमाडौं मेडिकल कलेजद्धारा बिरामीको स्वास्थ्यमा गम्भिर खेलबाँड, ४ बर्षे बच्चालाई म्याद सकिएको सुई दिईयो
काठमाडौं, २४ साउन । औषधि व्यवस्था विभागले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ । उपचारका लागि कलेजमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई म्याद सकिएको सुई दिएको पाइएपछि औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
कम्मरमा पीप जमेकाले उपचारका लागि साउन १५ गते सुवेदीलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘चिकित्सकले सुवेदीलाई पासिम नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजीको सुई दिइएको पाइएको छ’ महानिर्देशक ढकालले भने, ‘हामीले प्रारम्भिक जाँचमा बाँकी दुईवटा भाइल म्याद सकिएको पायौँ तर सुई दिने नर्ससँग कुराकानी गर्न बाँकी छ, अनुसन्धान गर्दैछौँ ।’ यो औषधिले पीप सुकाउने काम गर्ने पनि उनले बताए ।
स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले सुवेदीका आफन्तले मन्त्रालयमा खबर गरेपछि आफू स्वयं अस्पतालमा गई औषधि व्यवस्था विभागलाई जानकारी गराएको बताए । थप उपचारका लागि बिरामीलाई अहिले कान्तिबाल अस्पतालमा पठाइएको छ । बिरामीका आफन्त र अस्पतालबिच अहिलेसम्मको उपचार निःशुल्क गर्ने सहमति भएको प्रमुख डा. श्रेष्ठले जानकारी दिए । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












