प्रहरीले अबदेखि कसैलाई पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्ने, विदेशमा अपराध गरे नेपालमा पनि कारबाही हुने
काठमाडौं, २६ साउन । अबदेखि अदालतको अनुमतिबिना कसैलाई पनि पक्राउ गर्न नपाईने भएको छ । पारित अपराध कार्यविधि संहिताअनुसार प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्नेछ। प्रस्तावित व्यवस्थामा प्रहरीले असन्तुष्टि जनाए पनि उक्त व्यवस्था पारित भएको खबर आजको गोरखापत्रमा छ ।
कार्यविधिले अहिले अदालतमा भइरहेको मुद्दाको कार्यविधिलाई सरलीकृत गरेको छ। सरकारी मुद्दासम्बन्धी ऐनको कार्यविधि घटाएको छ। कार्यविधिअनुसार गम्भीर कसुरमा अब विशेषज्ञसहितको टोलीको सहायता लिनसक्ने व्यवस्था छ।
अदालतको म्याद तामेलीलाई विद्युतीय माध्यमबाट पनि गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ। साक्षीको बकपत्र भिडियो कन्फ्रेन्सबाटै हुनसक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ। विदेशमा भएको कसुरमा नेपालमा कारबाही गर्ने व्यवस्था पनि अपराध कार्यविधि संहिताले गरेको छ।
फौजदारी घटनामा प्रहरीले जाहेरी नलिए जाहेरी नलिनेभन्दा एक तहमाथि जान सकिने व्यवस्था कार्यविधिले गरेको छ। फुटकर मुद्दा अभियोजनमा नलैजाने पनि कार्यविधिमा उल्लेख छ। हाल अदालतले अपनाइरहेको म्याद तामेली, प्रतिउत्तर लगायतका समयसीमा घटाइएका छन्।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












