काठमाडौंका मेयर विद्याशुन्दर १ करोड २० लाखको चढ्दा धनगढीका मेयर २ करोडको गाडीमा चढ्ने
धनगढी, २६ साउन । धनगढीका मेयर नृप बहादुर ओडले सवारी साधन खरिदका लागि भन्दै दुई करोड विनियोजन गरेका छन् । काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले आफ्नो लागी १ करोड २० लाखको गाडी किनेको चर्चा चलिरहेका बेला धनगढीका मेयरले २ करोड विनियोजना गरेका हुन् ।
आर्थिक वर्ष २०७४/७५ का लागि प्रक्षेपित व्यव अनुमान गर्दै तयार पारिएको वार्षिक वजेटमा दुई करोडको गाडी खरिद गर्ने योजना समावेश गरिएको हो । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न वजेट शिर्षकमा पदाधिकारी र कर्मचारीहरुलाई आर्थिक लाभ हुने गरि रकमहरु विभाजन गरेको पाईएको छ ।
वार्षिक वजेटको ठुलो हिस्सा कर्मचारी र जन प्रतिनिधिहरुको तलव भत्ता र मोजमस्तीका लागि छुट्टाईएपछि यसले उप–महानगरपालिका क्षेत्रलाई तरंगित बनाएको छ । पुजी निर्माण खर्च अन्तर्गत विनियोजन गरिएको शिर्षकमा दुई करोडको गाडीसँगै १५ लाखको फर्निचर र १० लाखका मेसिनरी औजार खरिद गर्ने उल्लेख गरिएको छ ।
कर्मचारीहरुले झण्डै २० करोड रकम आफ्नो तलवका लागि मात्रै छुट्टाएका छन् । त्यस्तै पदाधिकारीहरुको लागि ५० लाख भत्ता, ४६ लाख कर्मचारी र पदाधिकारीको लागि ईन्धन, फर्निचर मेसिनरी औजारका लागि ४५ लाख, भ्रमणका लागि ३० लाख, अतिथि सत्कारमा २० लाख र भईपरी विकास शिर्षकमा ५० लाख, गाडी मर्मतका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
वार्षिक बजेटमा विविध खर्च शिर्षकमा ४६ लाख, मर्मत सम्भारमा २८ लाख, सवारी मर्मतमा २० लाख ईन्धनमा ३१ लाख, कार्यालय सम्वन्धी खर्चमा ४० लाख पोशाकमा १० लाख खाद्यान्न तथा आहारामा १० लाख औषधी उपचारमा ८ लाख भाडा वापत २८ लाख परामर्श तथा अन्य सेवा शुल्कमा ५ लाख आर्थिक सहायतमा ५ लाख परिषद सञ्चालन गर्नका लागि दुई पटक गरी १५ लाख रकम छुटाईएको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











