भदौ १ बाट रिंगरोडमा मालबाहक गाडीलाई प्रवेश निषेध गरिने, नाका बाहिरै पार्किङस्थल तोकियो
काठमाडौं, २६ साउन । भदौ १ गतेबाट काठमाडौंको रिंगरोडमा सबै मालबाहक सवारी गुड्न प्रतिबन्ध लाग्ने भएको छ । सरकारले भदौ १ गतेबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई रिंगरोडमा गुड्न प्रतिवन्ध लगाउने भएको हो । विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय भएको यातायात ब्यवस्था विभागले जनाएको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन ।
बिहीबार ट्राफिक प्रहरी महाशाखामा बसेको ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । अब उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले तोकिएको पार्किङ क्षेत्रमा राख्नुपर्नेछ ।
पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइनेछ । त्यस्तै गोदावरीतर्फबाट आउनेले धापाखेलमा पार्किङ गर्न पाउने छन् भने अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिनेछ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ । दक्षिणकाली नाका भएर आउने ट्रकरटिप्परलाई पनि पार्किङ स्थल तोकिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
अहिलेसम्म टिप्परलाई मात्रै रिंगरोडमा निषेध गरिएको छ । अब भने ट्रक र मिनी ट्रक पनि रिंगरोडमा तोकिएको समय अवधिभित्र प्रवेश गर्न पाउने छैनन् । यसअघि ट्रकलाई रिंगरोडमा आउन समय हेर्नुपर्ने अवस्था थिएन । अब भने ट्रक र टिप्परहरु ट्राफिकले तोकेको स्थानमा पार्किङ गरी बेलुका ७ बजेपछि मात्रै रिंगरोडमा आउन पाउने छन् । बेलुका ७ बजेपछि बिहान ८ बजेसम्म रिंगरोडभित्र आउन पनि उनीहरुलाई निषेध नगरिने प्रवक्ता पाण्डेले बताए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











