गुडिरहेकै मालबाहक गाडीबाट फिल्मी शैलीमा आठ कार्टुन चुरोट चोरी
काठमाडौं, २७ साउन । गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ। तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ। गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे। सामान झार्ने क्रममा आठ कार्टुन चुरोट गायब थियो। गोदाममा चारजना मिलेर सामान एक–एक हिसाब राखेरै अनलोड गरे। मिनीटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्याए। गाडी कतै रोकिएको पनि थिएन। तर, बाटैमा सामान रहस्यमय तरिकाले हरायो। हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो।
सुरुमा त उनीहरूले सामान कतै खस्यो होला भन्ने आँकलन गरे। तर, गाडीको पछाडिको ढोका बन्द नै थियो। कतै खस्ने सम्भावना पनि थिएन। कम्पनीका प्रबन्धकहरूले विश्वकर्मा र खड्काले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्नुपर्ने बताए। तर, उनीहरूले आफूहरूले विनागल्ती त्यति धेरै पैसा तिर्न नसक्ने बताए।
दुई दिनसम्म पनि रहस्यमय बनेपछि घटना प्रहरीकहाँ पुग्यो। उनीहरू गत १४ साउनमा उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकुमा पुगे। महाशाखामा केही दिनअघि मात्र त्यस्तै किसिमको अर्को उजुरी आएको थियो। कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा पटक–पटक चुरोट हराएको थियो। चुरोट त्यसैगरी बाटैबाट हराएको थियो।
सूर्य चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिल शाहीलाई सडकको सिसिटिभीका आधारमा १६ साउनमा प्रहरीले पक्राउ गर्यो। उनले आफूले एक कार्टुन सूर्य चुरोट चोरी गरेको र त्यो ठमेलमा लगेर बिक्री गरेको स्विकारे। त्यसपछि महाशाखाका इन्स्पेक्टर भरत थापाले सोधे, ‘मार्लबोरो चुरोट खै त ?’ मार्लबोरो चुरोट पनि उनैले चोरी गरेको प्रहरी अनुमान मात्र थियो।
प्रहरीको अनुसन्धान शैली सही ठहरियो। सो चुरोट पनि आफैँले चोरेको र हात्तीवनमा चिनजानका व्यक्तिको घरमा लगेर लुकाएको शाहीले स्विकारे। नभन्दै प्रहरीले चोरी भएको आठ कार्टुन मार्लबोरो चुरोट नै त्यहाँबाट बरामद गर्यो। सो चुरोट चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित भए।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












