वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ तस्करी भागे
रौतहट, २७ साउन । रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् ।
वन कार्यालयको वन गस्तीले बिहीबार राति गोली चलाएपछि मात्र काठ तस्करले काठ सहितको पिकअप भ्यान छाडेर भागेका थिए । जिल्लाको वृन्दावन गाउँपालिका अन्तर्गतको विश्रामपुरबाट वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ सहितको एक थान पिकअप भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
वन गस्ती टोलीले वृन्दावन गाउँपालिकाअन्तर्गत विश्रामपुरबाट एउटै गाडीमा दुईवटा नम्बर प्लेट भएको पिकअप भ्यानमा रहेको ६ थान सालको गोलियासहित नियन्त्रणमा लिएको हो ।
पूर्व–पश्चिम मुख्य राजमार्गबाट वन प्रवेश गरेको गाडीलाई वन गस्ती टोलीले पछ्याउँदै जाने क्रममा काठ तस्करले काठ सहितको पिकअप भ्यान नरोकेपछि १० राउण्ड गोली चलाएर सो भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत दीर्घनारायण कोइरालाले बताए । उक्त पिकअप भ्यानबाट ६० क्युफिट बराबरको ६ थान गोलिया बरामद गरिएको र तस्कर भने फरार रहेको वन अधिकृत कोइरालाले जानकारी दिए ।
पछिल्लो समयमा वनभित्र तस्करले पिकअप भ्यान नै लगेर काठ लैजाने गरेको छ । ट्रक, पिकअप भ्यान, ट्याक्टर, टायरगाडा, मोटरसाइकल र साइकलका माध्यमबाट तस्करले वनबाट काठ लैजाने गरेको पाइएको छ । जिल्ला वन कार्यालय, रौतहटले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा पिकअप भ्यान दुई, ट्याक्टर आठ, टायरगाडा तीन, मोटरसाइकल चार र साइकल २९ थान बरामद भएको छ । रासस
Comments
अरु समाचार
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...












