मन्त्री आए, हेरेर फर्किएः सेनाको हेलिकोप्टरले दिनभर हेर्यो तर उद्धार भएन

काठमाडौं, ३० साउन । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन्। डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन। आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे। नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए। तर, बाढीपीडितको उद्धार हुन नसकेको खबर आजको नागरिकमा छ ।
बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन्। उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन्। स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए।
‘हामी शनिबार दिउँसोदेखि यहीँ छौं,’ उनले टेलिफोनमा भने, ‘कहिलेसम्म बस्नु पर्ने हो थाहा छैन।’ ठाकुरद्वारा, बारबर्दिया, मधुवन, गुलरिया र बासगढी नगरपालिकाका बाढीपीडित रुख र विद्यालयको छतमाथि उद्धारको पर्खाइमा बसिरहेका छन्।
Comments
अरु समाचार
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...












