धुर्मुसद्वारा रामनगरको मुसहर बस्तीका बाढीपीडितलाई राहत वितरण
बर्दिवास, ३० साउन । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन् । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइगेका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरेका हुन् ।
पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बाँच्ने आशा पलाएको बताएका छन् । चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक÷एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपीडितलाई दिएको सो बस्तीका जुगल सादा मुसहरले बताए ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका हास्यकलाकार धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आफू केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताए ।
राहत वितरणसँगै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बाढीपीडित परिवारका सबैको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका थिए । गत शनिबार सो बस्तीमा पसेको रातु र बडहरि नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












