एकसातापछि मनसुन निष्क्रिय, तत्काल खतरा टर्यो

काठमाडौं, ३१ साउन । बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ। देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुदूरपश्चिमी भूभागमा सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान कार्यालयका मौसमविद् वरुण पौडेलले मनसुन प्रणाली क्रमिक रूपमा निष्क्रिय हुन थालेकाले भारी वर्षाको सम्भावना नरहेको तर सामान्य बदली भने हुने रहेको खबर आजको अन्नपूर्णमा छ ।
नेपाल प्रवेश गरेको मनसुनी न्यूनचापीय प्रणाली कमजोर भएसँगै वर्षा रोकिने संकेत देखिएको हो। मनसुनको नयाँ प्रणाली विकास हुन दुई साताभन्दा बढी लाग्ने भएकाले तत्काल भारी वर्षा नहुने तर मनसुनी अवधि अझै डेढ महिना बाँकी हुँदा सामान्य वर्षा हुने उनले बताए। ‘अब खतरा टरेको छ। बाढी, पहिरो, डुबान तत्काल हुने सम्भावना घटेको छ’, उनले भने।
शुक्रबार र शनिबार देशको पूर्वी भूभागमा सक्रिय मनसुन आइतबारदेखि मध्य र पश्चिमी भूभागमा सरेको थियो। सोमबारदेखि नै मध्य र पश्चिमी भूभागमा मौसम सफा हुन थालेकाले सुदूरपश्चिममा पनि विस्तारै सुधार हुने क्रममा छ। जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान शाखाका अनुसार वर्षा रोकिएसँगै अधिकांश नदीमा पानीको सतह घटेको छ। खतराको सतह पार गरेको पश्चिम राप्ती, बबई, नारायणीलगायत नदीको सतह घटेको छ।
बंगालको खाडीबाट न्यूनचापीय मनसुनी वायु ४ महिनासम्म चल्दा नेपालमा मनसुन प्रणाली सक्रिय हुने र वर्षा हुने मौसमविद् बताउँछन्। सामान्यतया जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला सक्रिय भएको थियो। असोज ७ देखि मनसुन नेपालबाट बाहिरिन्छ। मनसुनको मुख्य समय मानिने असार, साउन र भदौमा सामान्यदेखि भारी वर्षा हुने गरेको मौसमविद् पौडेलले बताए।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











