राप्तीको टापुमा फसेका १२ को उद्धारः जो ४८ घण्टा सिमलको रूखमा चढेर बाँचे
काठमाडौं, ३१ साउन । अविरल वर्षासँगै आएको बाढीले पूर्वी र मध्यतराई बढी प्रभावित भयो । बाढी र पहिरोमा परेर देशभर ९० भन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ, कतिपयको उद्धार जारी छ भने केही अझै बेपत्ता छन् । बाँकेको फत्तेपुरमा राप्ती नदीको बाढीमा फसेका १२ जनाको ४८ घण्टापछि सोमबार दिउँसो उद्धार भयो ।
बाढीको घेराबन्दीमा परेपछि एउटा टापुमा कष्टकर पल बिताउन बाध्य भएका राप्ती–सोनारी गाउँपालिका–७ का निब्रु पासी, अल्लु पासी, भगत पासी, गोपाल अहिर, बर्कौ पासी, सुम्रन पासी, लछुराम अहिर, जलेश्वर अहिर, ओमकार अहिर, झल्लर अहिर, रामसनही मल्ला र नोखु मल्लाको उद्धार भएको हो । आजको नयाँ पत्रिकामा यो खबर छ ।
राप्तीको भेलमा यसरी फसियो
गएको शुक्रबार दिउँसो गाई–भैँसी लिएर राप्तीपारि गएका थियौँ । हाम्रो गाईगोठ त्यता पनि छ । कहिलेकाहीँ नदीपारि गाई–भैँसी चराएर त्यतै बाँध्ने पनि गर्छौं । हामी पनि त्यतै बस्छौँ । पीडित १२ मध्येका निब्रु पासीले ४८ घण्टाको भोगाइ सुनाए ।
मध्यरातमा भयो बेहाल
दिनभर गाई–भैँसी चराइयो । नदी सामान्य अवस्थामै थियो । साँझ गाईबस्तु बाँधेर हामी पनि खटियामा सुत्यौँ । तर, रातको एक–दुई बजेतिर खटियामुनि कुलुलु पानी बगेको आवाज सुनियो । उठेर हेर्दा त, पानी बगिरहेको थियो ।
आकाशबाट खासै पानी परेको थिएन । तर, हामीले एकछिन सोच्न भ्याउँदा–नभ्याउँदै पानी त झन् बढ्दै आयो । हामी अत्तालियौँ, के गर्ने, कसो गर्ने ? जताततै अन्धकार थियो । गाई–भैँसी छाडेर कता जाने ? मनले त्यो पनि मानेन । तिनको मायाले त्यहीँ बस्यौँ ।
रात टर्दै जाँदा झन् बढ्यो बाढी
तर, एकैछिनमा चारैतिर पानी भरिएपछि कतै भाग्ने उपाय पनि भएन । पानी धेरै नपर्दा बाढी आउँदैन भन्ने हामीलाई लागेको थियो । तर, हामीले सोचेभन्दा परिस्थिति धेरै फरक भयो ।
पानी ठूलो परेको थिएन, तर नदी बढ्दै जान थाल्यो । जति बिहान हुन्थ्यो, त्यति नै नदीमा बाढी बढ्न थाल्यो । अब, बाँच्ने आशा मर्न थाल्यो । पशुचौपायाको भन्दा पनि आफ्नो ज्यानको चिन्ता बढ्यो ।
सिमलको रूखमा चढेर बस्यौँ
अन्तिम अवस्था भएपछि गाई–भैँसीको माया मारेर आफ्नो ज्यान जोगाउने निर्णय गर्यौँ । तत्काल योजना बनाएर सिमलको रूखमा चढ्यौँ । तर, रूखमा बसेर तल गाई–भैँसी नियालिरह्यौँ । हामी घरी एक–अर्कालाई हेथ्र्यौं, घरी तल पशुचौपायातिर नियाल्थ्यौँ । नदीमा बाढी बेजोडले उर्लिंदै टापुतिर ठूलो धक्का आउन थालेपछि हामीले पशुचौपायाको माया मार्यौँ ।
हेर्दाहेर्दै गाइभैँसी बगाएर लग्यो
हेर्दाहेर्दै भएभरका सबै गाई–भैँसी बाढीले बगाएर लग्यो । आफ्ना सम्पत्ति बाढीले बढार्दा आँखाबाट आँसु चुहाउनुको विकल्प थिएन । त्यतिखेर बिहान भइसकेको थियो । हामी १२ जना एक–अर्कालाई हेर्दै टोलाउनुको विकल्प थिएन । सबै आत्तिएका थियौँ ।
चढेको रूख नै ढाल्न खोजेपछि
हामी चढेको रूख पनि बाढीले बगाउलाजस्तो हुन्थ्यो । माथि–माथिसम्म पानी आइपुगेको थियो । बाढीको धक्काले रूख नराम्रोसँग हल्लिन्थ्यो । पशुका दिन गए, अब हाम्रो पनि यति मात्रै रहेछ भन्नेसम्म सोचियो । त्रासमा घन्टौंँ बित्यो । अहिलेसम्म मैले यति ठूलो बाढी देखेकै थिइनँ ।
घरमा फोन गर्दागर्दा थाक्यौँ
हामीलाई एकातिर आफ्नो ज्यान जोगाउने चिन्ता थियो । अर्कोतर्फ पशुचौपाया नदीले बगाएको चिन्ता थियो । त्यसैगरी, गाउँघरमा बाढी पसेर परिवारका सदस्यको अवस्था के बनायो होला भन्ने पिरलो झन् बढी थियो । घरमा फोन सम्पर्क गर्ने प्रयास गर्यौं । तर, कसैको फोन लागेन । मोबाइल नेटवर्क नै थिएन । तै पनि, लाग्छ कि भनेर प्रयास गर्यौँ । प्रयास असफल भएपछि हामी थाकेर चुप लाग्थ्यौँ ।
शनिबार दिउँसो बल्लबल्ल फोन लाग्यो
शनिबार दिउँसो २ बजेतिर फोन लाग्यो । परिवारका सदस्यले फोन उठाए । हामीले आफूहरूको अवस्थाबारे जानकारी गरायौंँ । उद्धारका लागि पहल गर्न अनुरोध गर्यौँ । अब, कोही आएर बचाउला कि भन्ने आश जाग्यो । टापुतिर नदीको सतह केही घटेको थियो, नदी भने उत्तिकै उर्लिरहेको थियो । नदीको भेल छिचोलेर बाहिर जाने अवस्था नै थिएन । तर, पनि फोन लागेपछि बाँच्ने आशा केही पलाएको थियो।
शानिबार राति मोबाइलमा ब्याट्री सकियो
शनिबार राति मोबाइल पनि स्विच अफ भयो । गाउँघरसँगको सम्पर्कविच्छेद भयो । शुक्रबार रातिदेखि केही खान पाएका थिएनौँ । फेरि भेल उर्लिएर लाने हो कि भन्ने चिन्ताले भोकको बेवास्ता गरेका थियौँ । तर, धेरै नै कमजोर भएपछि धमिलो पानी भए पनि पियौँ ।
रूखै बगाउला जस्तो हुँदा भगवान् पुकारियो
चढेको रूख बाढीले बगाउलाजस्तो गर्दा हामी भने भगवान् पुकाथ्र्यौं । शनिबार घरमा फोन सम्पर्क भएपछि उद्धारको पर्खाइमा थियौँ । उद्धार टोली आउने आशमा दिनभर बस्यौँ, तर कोही आएन । आइतबार त पक्कै कोही आउँछन् भन्ने थियो, तर फेरि कोही आएन ।
आकाशमा हेलिकोप्टर देख्दा मनमा खुसी उम्लिन्थ्यो
ठूलो पीडामा साना–साना कुराले पनि खुसी दिने रहेछ । हामी उद्धारको पर्खाइमा थियौँ । आकाशमा सेनाको हेलिकोप्टर उँडेको देख्दा पनि मनमा खुसी उम्लिन्थ्यो । हामीलाई नै लिन आएको हो भन्ने लाग्थ्यो । तर, धेरैपटक हामीमाथि आएर पनि हेलिकोप्टर अन्तै जान्थ्यो । तत्काल खुसी र तत्काल निराश धेरैपटक भइयो ।
राप्ती नदीमा बाढीको भेल उर्लिरहेका वेला आकाशबाट पानी पर्दा हामीलाई थप तनाव हुन्थ्यो । उत्तरतर्फ कालो बादल मडारिँदै पानी पर्दा त हामी झन् अत्तालिन्थ्यौँ । तर, अन्तिममा भगवान् भरोसा भरेर बस्थ्यौँ ।
सोमबारको दिन खुसी लिएर आयो
शनिबार र आइतबार उद्धार टोली आएन । त्यहाँ आशाको विकल्प नै थिएन । सोमबार उद्धार होला भन्ने आशा राख्यौँ । हामीले भगवान् पुकारिरहेका थियौँ । सोमबार त भगवान् श्रीकृष्णको जन्मदिन पनि थियो । भगवान्ले हाम्रो रक्षा गर्नुहुन्छ भन्ने अपेक्षा गर्यौँ ।
नभन्दै सोमबार मध्याह्न १२ बजेतिर राप्तीको छेउबाट हामीतिर एउटा डुंगा अगाडि बढेको देखियो । हर्षको आँसु बग्यो । डुंगा हामी नजिक आइपुग्दा देखिए, हाम्रै वडाध्यक्ष रामलखन थारू । उद्धार टोली पनि साथमा थियो । वडाध्यक्ष थारूलाई देख्दा लाग्यो, हाम्रो भगवान् उहाँ नै हुनुहुँदो रहेछ । बाँच्ने आशमा त्यो वेला निम्तिएको खुसी बताउन सक्दिनँ ।
उहाँहरूले हाम्रा लागि खाना र पानी पनि ल्याइदिनुभएको रहेछ । खान भन्नुभयो । तर, त्यो खुसीमा खानै मन लागेन । थोरै पानी पियौँ । डुंगामा चढेर हामी घरतिर फर्कियौँ । दिउँसोको २ बजे घर पुगेका थियौँ । घरमा सबैका आँखाबाट खुसीका आँसु बगे । अहिले लाग्छ, हामी भगवान्कै कारण बाढीबाट बाँच्यौँ । भगवान्ले नहेरेको भए हामी आज हुने थिएनौँ । हामीले पुनर्जन्म पाएका छौँ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











