धुर्मुस बाढी पीडितको उद्धारमा व्यस्त, प्रधानमन्त्री तथा मन्त्रीहरु अनुगमनको नाममा रमिता हेर्नमा मस्त
काठमाडौं, ३१ साउन । यतिबेला पुरै देश प्राकृतिक विपत्तिमा डुबेको छ । तराईमा बाढी तथा पहाडमा पहिरोले ठूलै धनजनको क्षति पुर्याएको छ । गृहमन्त्रालयको तथ्यांकअनुसार अहिले सम्म ११५ जनाको ज्यान गईसकेको छ । तराई क्षेत्रमा बाढीले निकै समस्या गरेको छ । बाढी पीडितहरु एकसातादेखि भोकभोकै बस्न बाध्य छन् । उनीहरु राहतको पर्खाईमा बसिरहेका छन् ।
विभिन्न संघसंस्थाले केही मात्रामा भएपनि राहत सामाग्रीहरु पीडित सम्म पुर्याउने काम गरिरहेका छन् । सरकारी संयन्त्र कमजोर हुँदा बाढी पहिरो पीडितले राहत पाउन निकै समय कुर्नुपर्ने अवस्था आएको छ । सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायत सरकारी अधिकारीहरु बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमनमा गए ।
अनुगमन गर्दा उनीहरुले बाढी पहिरो प्रभावितको रमिता हेर्न बाहेक अरु केही गर्न सकेनन् । यता निकै चर्चामा रहेका हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) भने आफ्नो ज्यानको बाजी थापेर भएपनि बाढी पीडित क्षेत्र तराईमा राहत तथा उद्धारमा अहोरात्र खटिएका छन् । उनले महोत्तरीको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपीडितलाई राहत वितरण गर्नुका साथै उद्धारमा खटिए ।
यतिबेला सामाजिक सञ्जालले पनि निकै प्राथमिकता पाएको छ । बाढी पहिरो सम्बन्धिका गतिविधिले सामाजिक सञ्जालमा भित्ताहरु भरिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धुर्मुसले गरिरहेको कामको खुलेरै प्रशंसा गरिरहेका छन् ।
भने सरकारका मन्त्रीहरु अनुगमन गर्न समेत हेलिकोप्टरमा गएको प्रति आक्रोशित छन् । धुर्मुसले बाढी पीडितको उद्धार गरिरहेको र प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा लगायतका अधिकारीहरु रमिता हेरेर बसिरहेका तस्बिरहरु निकै चर्चामा छन् । फोटोः सामाजिक सञ्जालबाट
Comments
अरु समाचार
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











