संसदमै उठ्यो तराई डुबाउने कोशी बाँध भत्काउनुपर्ने माग, भारतले क्षतिपूर्ति दिनुपर्ने !

काठमाडौं, ३१ साउन । तराई डुबाउने कोशी बाँध भत्काउनुपर्ने माग व्यवस्थापिका संसदमा उठेको छ । एक सातादेखि जारी अविरल वर्षाका कारण पुरै तराई डुबानमा परिरहेको भन्दै यसको प्रमुख कारण कोशी बाँध भएको सांसदहरुको ठहर छ । संसद बैठकको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरेकी हुन् ।
सांसद थापामगरले नेपालको अहित हुनेगरी सीमामा भारतद्वारा निर्मित बाँध भत्काएर भारतबाट क्षतिपूर्ति भराउनुपर्ने प्रस्ताव गरेकी हुन् । भारतबाट निर्माण गरिएका बाँधकै कारण नेपालको तराई डुबानमा परेको भन्दै उनले तराईमा भएको जनधनको क्षतिको सम्पूर्ण क्षतिपूर्ति भारत सरकारसँग लिनुपर्ने माग गरिन् ।
उनले संसदमा सम्बोधन गर्दै भनिन्– ‘लक्ष्मपुर बाँधका कारण बाँकेको राप्तीसुनारी गाउँपालिकाका फत्तेपुर, नरेना, गंगापुर, मटेरिया, टिकुलीपुर लगायतका ठाउँहरु डुबानमा परेका छन् । रसियावाल फुदौतवन बाँधका कारण कलिवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई जनधनको क्षति भएको छ ।
झापादेखि कञ्चनपुरसम्मको जनधनको क्षति र डुबानको कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजीवादी व्यवस्थाले नेपालको भुमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो । कोशी गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भुमि डुबान र जनधन क्षति भएको हो ।
हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर जमिन डुबानमा पार्दै आएको छ । के यो नेपाल भारत मैत्रीको उपहार हो ? भारतीय एकाधिकार पुँजीले नेपाललाई क्षति पुग्नेगरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












