संसदमै उठ्यो तराई डुबाउने कोशी बाँध भत्काउनुपर्ने माग, भारतले क्षतिपूर्ति दिनुपर्ने !

काठमाडौं, ३१ साउन । तराई डुबाउने कोशी बाँध भत्काउनुपर्ने माग व्यवस्थापिका संसदमा उठेको छ । एक सातादेखि जारी अविरल वर्षाका कारण पुरै तराई डुबानमा परिरहेको भन्दै यसको प्रमुख कारण कोशी बाँध भएको सांसदहरुको ठहर छ । संसद बैठकको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरेकी हुन् ।
सांसद थापामगरले नेपालको अहित हुनेगरी सीमामा भारतद्वारा निर्मित बाँध भत्काएर भारतबाट क्षतिपूर्ति भराउनुपर्ने प्रस्ताव गरेकी हुन् । भारतबाट निर्माण गरिएका बाँधकै कारण नेपालको तराई डुबानमा परेको भन्दै उनले तराईमा भएको जनधनको क्षतिको सम्पूर्ण क्षतिपूर्ति भारत सरकारसँग लिनुपर्ने माग गरिन् ।
उनले संसदमा सम्बोधन गर्दै भनिन्– ‘लक्ष्मपुर बाँधका कारण बाँकेको राप्तीसुनारी गाउँपालिकाका फत्तेपुर, नरेना, गंगापुर, मटेरिया, टिकुलीपुर लगायतका ठाउँहरु डुबानमा परेका छन् । रसियावाल फुदौतवन बाँधका कारण कलिवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई जनधनको क्षति भएको छ ।
झापादेखि कञ्चनपुरसम्मको जनधनको क्षति र डुबानको कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजीवादी व्यवस्थाले नेपालको भुमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो । कोशी गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भुमि डुबान र जनधन क्षति भएको हो ।
हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर जमिन डुबानमा पार्दै आएको छ । के यो नेपाल भारत मैत्रीको उपहार हो ? भारतीय एकाधिकार पुँजीले नेपाललाई क्षति पुग्नेगरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












