तराई डुबाउने गरी बनाएका बाँधका विषयमा भारतसँग ठोस कुरा गर्न देउवालाई पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं, ३ भदौं । भारत भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भदौ ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले नेपाल र नेपालीको राष्ट्रिय हितलाई केन्द्रमा राख्न सुझाव दिएका छन्।
बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भारी वर्षपछि नेपालको तराई डुबानमा पटक पटक पर्दै आएकाले भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँध र तटबन्धनको पुनः संरचना गर्नुपर्ने आवश्यक भएकाले यसबारे भारत सरकारसँग भ्रमणका क्रममा कुराकानी गर्न पनि सुझाव दिएका छन्।
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरुले नेपालको हितलाई ध्यानमा राख्न सुझाव दिएको बताए। उनले वर्षायाममा नेपालको तराई डुबान हुँदा ठूलो मात्रामा मानवीय र भौतिक संरचनामा क्षति पुग्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतले बनाएका बाँध र तटबन्धको पुर्नसंरचना गर्ने विषयमा छलफल गर्न सुझाव पनि दिएको बताए।
छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना सहमति कार्यान्वयनमा जोड दिन आफूले प्रधानमन्त्री देउवालाई सुझाव दिएको बताए। ‘भारतसँग यसअघि भएका सहमति कार्यान्वयनमै जोड दिनुस् भन्ने सुझाव सबैले दिएका छौं। नयाँ सम्झौता गर्दा नेपाललाई केन्द्रमा राखेर गर्न भनेका छौं,’ बैठकपछि प्रचण्डले भने।
छलफल प्रधानमन्त्री देउवाले आफूले नेपाल र नेपालीको राष्ट्रिय हितलाई नै केन्द्रमा राखेर भारत सरकारसँग जोडदार रुपमा कुरा राख्ने बताएका थिए। देउवाले आफूले नेपालको अहित हुने काम आफूबाट नहुने समेत प्रतिबद्धता जनाएका थिए। छलफलमा देउवाले आफूले अरुण तेस्रो, अपर–कर्णाली र पञ्चेश्वर आयोजना निर्माणलाई गति दिने विषयमा पनि प्रधानमन्त्री मोदीसँग गम्भीररुपमा छलफल गर्ने बताएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मी सहभागी भएका थिए। देउवाले बोलाएको छलफलमा भने प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल र डा. बाबुराम भट्टराई भने सहभागी भएनन्।
पूर्वप्रधानमन्त्री ओली काठमाडौंमै भएर पनि देउवाले बोलाएको छलफलमा सहभागी नभएका हुन्। ओली पत्रकार महासंघको निर्वाचनका सन्दर्भमा एमाले निकट पत्रकारहरुको संगठन नेपाल प्रेस चौतारीको भेलालाई सम्बोधन गर्न उपस्थित भएपनि बालुवाटार पुगेनन्।
यस्तै, एमालेकै नेता माधव नेपाल शनिवार अपरान्हमात्रै उत्तर कोरियाको भ्रमण सकेर काठमाडौं आइपुगेकाले छलफलमा सहभागी हुन नसकेको उनको सचिवालयले जनाएको छ। नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छलफलमा उपस्थित भएनन्।
Comments
अरु समाचार
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...












