तराई डुबाउने गरी बनाएका बाँधका विषयमा भारतसँग ठोस कुरा गर्न देउवालाई पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं, ३ भदौं । भारत भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भदौ ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले नेपाल र नेपालीको राष्ट्रिय हितलाई केन्द्रमा राख्न सुझाव दिएका छन्।
बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भारी वर्षपछि नेपालको तराई डुबानमा पटक पटक पर्दै आएकाले भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँध र तटबन्धनको पुनः संरचना गर्नुपर्ने आवश्यक भएकाले यसबारे भारत सरकारसँग भ्रमणका क्रममा कुराकानी गर्न पनि सुझाव दिएका छन्।
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरुले नेपालको हितलाई ध्यानमा राख्न सुझाव दिएको बताए। उनले वर्षायाममा नेपालको तराई डुबान हुँदा ठूलो मात्रामा मानवीय र भौतिक संरचनामा क्षति पुग्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतले बनाएका बाँध र तटबन्धको पुर्नसंरचना गर्ने विषयमा छलफल गर्न सुझाव पनि दिएको बताए।
छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना सहमति कार्यान्वयनमा जोड दिन आफूले प्रधानमन्त्री देउवालाई सुझाव दिएको बताए। ‘भारतसँग यसअघि भएका सहमति कार्यान्वयनमै जोड दिनुस् भन्ने सुझाव सबैले दिएका छौं। नयाँ सम्झौता गर्दा नेपाललाई केन्द्रमा राखेर गर्न भनेका छौं,’ बैठकपछि प्रचण्डले भने।
छलफल प्रधानमन्त्री देउवाले आफूले नेपाल र नेपालीको राष्ट्रिय हितलाई नै केन्द्रमा राखेर भारत सरकारसँग जोडदार रुपमा कुरा राख्ने बताएका थिए। देउवाले आफूले नेपालको अहित हुने काम आफूबाट नहुने समेत प्रतिबद्धता जनाएका थिए। छलफलमा देउवाले आफूले अरुण तेस्रो, अपर–कर्णाली र पञ्चेश्वर आयोजना निर्माणलाई गति दिने विषयमा पनि प्रधानमन्त्री मोदीसँग गम्भीररुपमा छलफल गर्ने बताएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मी सहभागी भएका थिए। देउवाले बोलाएको छलफलमा भने प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल र डा. बाबुराम भट्टराई भने सहभागी भएनन्।
पूर्वप्रधानमन्त्री ओली काठमाडौंमै भएर पनि देउवाले बोलाएको छलफलमा सहभागी नभएका हुन्। ओली पत्रकार महासंघको निर्वाचनका सन्दर्भमा एमाले निकट पत्रकारहरुको संगठन नेपाल प्रेस चौतारीको भेलालाई सम्बोधन गर्न उपस्थित भएपनि बालुवाटार पुगेनन्।
यस्तै, एमालेकै नेता माधव नेपाल शनिवार अपरान्हमात्रै उत्तर कोरियाको भ्रमण सकेर काठमाडौं आइपुगेकाले छलफलमा सहभागी हुन नसकेको उनको सचिवालयले जनाएको छ। नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छलफलमा उपस्थित भएनन्।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












