प्रहरीको बढुवा भद्रगोलः डिआईजीको फुली एसएसपीको भुमिका
काठमाडौं, ५ भदौं । छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआईजी हुन् । तर, यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन्। यो खबर आजको नागरिकमा छापिएको छ।
काठमाडौं परिसरमा रहेका प्रधुम्न कार्की बढुवा भएर एसएसपी भए। उनी पनि एसएसपीको फूली लगाएर एसपीको काम गरिरहेका छन्। एसएसपी प्रमुख हुने महानगरीय अपराध महाशाखाका प्रकाशजंग कार्कीले पनि एसएसपीको फूली लगाएर एसपीको भूमिका निर्वाह गरिरहेका छन्। अहिले महाशाखामा एसएसपी दिनेश अमात्य प्रमुख छन्।
हालै एआइजिपिमा बढुवा भएका ११ जना मध्ये अधिकांशको हालत पनि उस्तै छ। केही एआइजी डिआइजी हुँदाका बेला आएआइजी प्रमुख रहने कार्यालयका निमित्तका रूपमा सरूवा भएकाले उनीहरू विभाग प्रमुखको भूमिकामा त छन् तर पदस्थापना सोही कार्यालयमा भएको छैन।
बढुवा जाम खुलाउँदै गृह मन्त्रालयले एआइजीदेखि हवल्दारसम्मको बढुवा निकाल्यो। तर पदस्थापना भएको छैन। प्रहरी नियमावली अनुसार एआइजी सरूवा मन्त्रिपरिषदले गर्नुपर्छ भने डिआइजी र एसएसपीको सरूवा अधिकार गृहमन्त्रीमा छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












