अन्ततः बाबुराम सकिने भए, नयाँ शक्तिका नेताले दिनदिनै पार्टी छाड्दै
काठमाडौं, ६ भदौं । डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन् ।अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् । सोमबार नयाँ शक्तिको संघीय परिषदका करिब सय जना सदस्यले नयाँ शक्ति छाडि देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
यसैगरी आइतबार संघीय परिषदका २ सय ६ सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए । हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पार्टीमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । नयाँ शक्तिमा करिब नौ सय सदस्यीय संघीय परिषद छ ।
केन्द्रीय समिति भने गत साउन १३ को निर्णयबाट भंग भएको छ । संघीय परिषदमा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन् । आजको नागरिकमा यो खबर छ ।
Comments
अरु समाचार
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...












