२४ दिने बेहोस बच्चाको समेत उपचार गर्न नसकेकी रुन्तीदेवीको विराटनगरका मेयरले उद्धार गरेपछि
मोरङ, ६ भदौं । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नम्बर १९ को खदरा टोलमा शनिबार भेटिनुभयो । महानगरका प्रमुख भीम पराजुलीले उहाँको सोधिखोजी गर्नुभयो । उहाँ बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउनतिर लाग्नुभयो । महिलाको दयनीय अवस्था देखेर प्रमुख पराजुलीले आफैँ चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाउनुभयो ।
स्थानीय रुन्तीदेवी ऋषिदेव आर्थिक अभावका कारण बच्चाको उपचार गर्न सकिरहनुभएको थिएन । बच्चा जन्मेको २४ दिनमात्र भएको थियो । सुत्केरी भएको महिना दिन पनि पूरा नपुग्दै बाढीको चपेटामा पर्नुभयो । आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घरसमेत बगाएपछि ऋषिदेव चिन्तामा हुनुहुन्थ्यो । उहाँका श्रीमान् रिक्साचालक हुनुहुन्छ । उहाँ पनि केही समयदेखि बिरामी हुनुहुन्छ ।
जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो, ऋषिदेव हर्षित हुनुभयो । प्रमुख पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागिसमेत व्यवस्था गरिदिनुभयो । बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भन्नुभयो, ‘भगवानले मेरो बच्चा बचाउन प्रमुखसापलाई पठाउनुभएको रहेछ । मेरो भाग्य नै भन्नुपर्छ प्रमुखसापले मेरो बच्चा र मलाई बाँच्ने वातावरण बनाइदिनुभयो ।’
प्रमुख पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आजसमेत बच्चाको स्वास्थ्यस्थिति बुझ्न सुरक्षा अस्पताल पुग्नुभयो । पराजुलीले बच्चा बचाउनका लागि गरेको प्रयासमा डा. रम्भा देवले अधिकतम प्रयास गर्नुभयो । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












