प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेकै बेला दोक्लममा ६० जना भारतीय गोर्खा सैनिक खटिए
काठमाडौं, ८ भदौं । नेपाल र चीनबीच विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लम क्षेत्रमा भारतले गोरखा सैनिक खटाउको छ। उत्तरपूर्वी मेघालय राज्यको सिलिङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले सैनिक परिचालन गरेको खबर आजको नयाँ पत्रिकामा छ । अहिले त्यहाँको चौथो बटालियनका ६० जना सैनिक चीन/भुटान सीमा क्षेत्रमा परिचालित छन्। प्रधानमन्त्रीको भारत भ्रमणकै समयमा उनीहरू सीमाक्षेत्रमा कार्यरत छन्।
‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्सअन्तर्गत चार बटालियनको फौज त्यहाँ पठाइएको हो, त्यसमा स्वाभाविक रूपमा नेपाली नागरिक छन्,’ भारतीय गोर्खा रेजिमेन्टका पूर्वकमान्डर रहेका पूर्व मेजर जनरल अशोक मेहताले भने, ‘नेपालले तटस्थता कसरी कायम गर्छ भन्नेमा म हेरिरहेको छु ।’
यो राइफल्सका सैनिक बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध तथा भारतका तर्फबाट पाकिस्तानसँग कार्गिल युद्ध, चीनसँगको सीमायुद्ध, भुटानसँगको युद्धमा पनि खटिएका थिए । भुटानसँग सन् १८६४ देखि १८६५ सम्म इस्ट इन्डिया कम्पनी बेलायतका तर्फबाट आठौँ गोर्खा राइफल्सले युद्ध लडेको थियो । संयोगवश भुटानको रक्षाका नाममा अहिले सोही राइफल्ससम्बद्ध नेपाली खटिएका छन् ।
नेपाल–भारत सम्बन्धका जानकार डा। निहार नायकले नेपालीहरू स्वेच्छिक रूपमा गोर्खा भर्ती हुँदै आएको हुनाले यसमा नेपालको तटस्थ नीतिलाई जोड्नु उपयुक्त नहुने बताए । ‘गोर्खा भर्तीलाई नेपाल सरकारले पर्यवेक्षण गरेको मलाई थाहा छैन, त्यसका लागि उत्प्रेरित गरेको पनि छैनजस्तो लाग्छ,’ नायकले तर्क गरे, ‘भारतीयहरू पनि अस्ट्रेलियन वा अमेरिकन आर्मीमा भर्ती भएको तथ्यांक भारत सरकारसँग हुँदैन । यसलाई अन्यथा लिनु आवश्यक छैन ।’
भारतका ७ वटा गोर्खा रेजिमेन्टअन्तर्गतका ३९ बटालियनमा नेपाली कार्यरत छन् । ‘५० जनाजति गोर्खा सैनिक पल्टन अदलीबदलीका क्रममा अहिले दोक्लाम क्षेत्रमा परिचालित भएका छन्, यो उनीहरूको नियमित ड्युटी हो,’ पूर्व जनरल मेहताले भने । उनले राजनीतिक रूपमा नेपालको तटस्थ अडान बाध्य रहेको अर्थमा भारतले बुझेको र यसबाट सम्बन्धमा केही फरक नपर्ने पनि उनले बताए ।
पाकिस्तानसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र कास्मिर तथा बर्मा, बंगलादेश र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतीय सेनामा नेपालीहरू परिचालित छन् । १९६२ को नेपाल–भारत–चीन युद्ध, १९९९ मा पाकिस्तानसँग भएको कार्गिल युद्धमा भारतीय सैनिकमा नेपाली नागरिक कार्यरत छन् । जानकारहरूका अनुसार सन् १९६७ मा सिक्किम चीन सीमावर्ती क्षेत्र नाथुलामा सुरुमा चिनियाँ सेनाको गोली लागेर एक भारतीय गोर्खा सैनिक मारिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले जितेका सबै लडाइँमा गोर्खा सैनिकको खुन बगेको भन्दै प्रशंसा गर्दै आएका छन् । उक्त राइफल्सको नारा ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ छ । उक्त राइफल्सअन्तर्गत ६ बटालियन छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












