चन्दामुखी भएको आरोप लागिरहेका बेला बिप्लवले भने,‘पार्टीभित्र व्यापक आर्थिक अराजकता’
काठमाडौं, ९ भदौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन्। नेता/कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन्।केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन्। उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो। आजको अन्नपूर्णमा खबर छ ।
ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका नेता/कार्यकर्ता सहरमै केन्द्रित भएको, विवादास्पद मुद्दा/मामिलामा मात्र कार्यकर्ता सक्रिय भएको र पार्टीको माथिल्लो कमिटीको निर्देशन र अनुमतिविनै समात्ने, दुःख दिनेजस्ता काममा पार्टी प्रयोग भएको चन्दले खुलासा गरेका छन्।
चन्दको उक्त गोप्य प्रतिवेदनमा नेता/कार्यकर्ताकै बीचमा रकम असुली गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने अस्वाभाविक प्रतिस्पर्धा चलेको उल्लेख छ। ‘पार्टी पंक्ति बढी सहरकेन्द्रित हुनु, पार्टीमा पूर्णकालीन कार्यकर्ता र व्यवस्थापनको नीति स्पष्ट नहुनु, पार्टी कमिटी र जनवर्गीय संगठनको आर्थिक व्यवस्थापन चुस्त नहुँदा अर्थ संकलन गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने, पार्टीको अनुमतिबेगर नै मुद्दा हेर्ने, पार्टीको उपल्लो कमिटीको अनुमतिविना गिरफ्तार गर्नेजस्ता क्रियाकलाप पार्टीमा बढेको छ’, चन्दले स्विकारेका छन्।
काठमाडौं, चितवनलगायत क्षेत्रमा खटिएका पार्टी तथा जनवर्गीय संगठनका नेता मुद्दा/मामिला खोजी गर्दै हिँड्ने र न्यायका नाममा असुली गर्न थालेपछि चन्दको पार्टी आलोचित बन्दै गएको छ। ‘प्रचण्डसँग हुँदा कमाउन नपाएका वा यता आएर अरूसँग बार्गेनिङ गर्ने प्रवृत्ति पनि पार्टीमा देखिएको छ’, चन्दले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘कतै पार्टीमा आर्थिक फाइदाका लागि अस्वाभाविक सक्रिय हुने र क्रान्तिको चाप बढ्दा धोका दिने अवस्था त आउँदैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।’
खासगरी विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्को रुपमा देखा परेको नेताहरूको भनाइ छ। ती संगठनका केन्द्रीय जिम्मेवारीमै रहेका नेताहरूले ‘जनअदालत’ का नाममा मुद्दा मिलाइदिने बहानामा चर्को रकम असुली गर्दै आइरहेका छन्।
तीन महिनाअगाडि मात्रै जडीबुटीमा त्यस्तै मुद्दा मिलाउने नाममा भएको अपहरणमा नेकपाका केन्द्रीय नेता सुदीप मल्ल जोडिएका थिए। उनलाई अहिले स्पष्टीकरणसमेत सोधिएको नेकपाका नेताहरूले बताएका छन्।
उनले आफ्नो इच्छाअनुसार योजना बनाउने र घुमफिरमा रमाउने नेताहरूको प्रवृत्ति पार्टीमा आत्मघाती कदमका रूपमा देखापरेको पनि बताएका छन्। नेकपाले प्रवक्ता खडकबहादुर विश्वकर्माको नेतृत्वमा केन्द्रीय अर्थ विभाग बनाए पनि विभागभित्रै अराजकता देखिएको छ।
Comments
अरु समाचार
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...












