रेलमार्ग बन्ने निश्चित, रेल कहिले सम्म चल्ने अनिश्चित
काठमाडौं, ९ भदौं । सरकारले रेलमार्ग निर्माणको कामलाई खण्डगत रूपमा तीव्रता दिएको छ। पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिवास-सिमरा खण्डको एक भाग यसै वर्ष पूरा गर्ने गरी कामले तीव्रता पाएको हो। यस खण्डको रेलमार्ग सम्पन्न भएपछि नेपालभित्र एक सय आठ किमि रेलमार्ग तयार हुनेछ । पछिल्लो समय सरकारले रेलमार्ग निर्माणमा गति दिए पनि आफ्नै रेल ल्याउने नल्याउने अझै अनिश्चित छ। यस बारेमा कुनै टुंगो नभएको रेल विभागका महानिर्देशक विष्णुओम बादेले जानकारी दिए।
नेपाली भूमिसम्म भारतर्फबाट पनि रेलमार्ग जोड्ने काम भइरहेको छ। फागुनसम्म भारतीय सीमाबाट जनकपुर-जयनगर खण्डको रेलमार्ग नेपाली भूमिमा जोडिनेछ। फागुनसम्म बर्दिवासदेखि जनकपुर-जयनगसम्म रेलमार्गको काम सक्ने गरी भारतीय पक्षले काम गरिहेको रेल विभागको भनाइ छ। विभागका अनुसार पुरानो रेलमार्गलाई नयाँ बनाउने भनिए पनि यसमा गुड्ने रेलको कुनै टुंगो छैन।
विभागका महानिर्देशक वादेका अनुसार पूर्वपश्चिम खण्डको सानो भागमा रेलमार्ग बन्ने निश्चित भइसकेको छ। ‘नेपालको देखाउनलायक रेलमार्ग तयार हुँदैछ। केही समयभित्रै १०८ किमी रेलमार्गको पूर्वाधार तय हुनेछ। तर, कहिलेबाट रेल गुडाउने त्यस सम्बन्धमा अझै निश्चिन्त हुन नसकिएको उनको बुझाइ छ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











