थाइल्याण्ड उड्दै ओलीले भने, देउवाले विदेशमा पुगेर नेपालको धज्जी उडाएर भारत खुशी पारे
काठमाडौं, ९ भदौं । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिले सिंगो मुलुकको शिर निहुरिएको बताएका छन् । भारत भ्रमणका क्रममा देउवाले गरेको गतिविधि र दिएको अभिब्यक्ति सिंगो मुलुकको शिर निहुरीएको दाबी गरेका हुन् । नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँले विदेशमा गएर असान्दर्भिक रुपमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु भएको छ । यो कस्का लागि र कस्लाई खुसी पार्न गरिएको हो ?’
ओलीले देशको स्वाभिमानको वास्ता नगरिकन असान्दर्भिक ढंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाएको भन्दै त्यसलाई लज्जाको विषय बताएका हुन् । ‘उहाँ देशको प्रधानमन्त्री, यही संविधानको शपथ लिनु भएको छ, त्यही संविधानअन्तर्गत उहाँ प्रधानमन्त्री हुनुभएको छ’ उनले भने, ‘त्यसको सर्वस्वीकार्यताको कुरा उहाँले असान्दर्भिक ढंगले उठाउनु भएको छ । एकदमै असान्दर्भिक ढंगले । त्यहाँ कुनै प्रसंगै थिएन ।’
‘नेपालको संसदले, उहाँ आफै सरिक भएर गरेको निर्णयलाई उहाँले विदेशमा पुगेर धज्जी उडाउनु भएको छ’ ओलीले जोडे, ‘उहाँले गिड्गिडाएर क्षमा याचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले सकिनँ कोसिस गरेथें, प्रभु मलाई सक्ने बनाइदेउ भन्ने ढंगको उहाँको हाउभाउ र अभिब्यक्ति देखिन्छ ।’
प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने कोसिस जारी रहेको उल्लेख गर्दै संविधान संशोधनको लागि फेरि प्रयास गरिने उल्लेख गरेका थिए ।
Comments
अरु समाचार
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











