सुस्ताबासीलाई आखिर किन आयो गण्डक नहर भत्काउनुपर्ने अवस्था ? भन्छन्, ‘सरकार नै भारतको गुलाम भएपछि कस्ले के गर्ने’
नवलपरासी, ११ भदौं । आफुहरुलाई साह्रै दुःख दिएको भन्दै सुस्ताबासीले गण्डक नहरको एक भाग भत्काई दिए । भारतले आफ्नो हितको लागि बनाएको गण्डक नहरले नेपाली भूभाग वर्षेनी डुबानमा पर्ने गरेको छ । आफ्नो देशको भूभाग डुनाव परिरहेको बेला समेत सरकारले कुनै पहल नगरेपछि स्थानीय आफैले जोखिम मोलेर नहरको एक भाग भत्काएका हुन् । आफूहरुको खेतीयोग्य जमिन कटान गरेको भन्दै नहरको एक भाग भत्काइदिएका हुन् ।
भारतीय गण्डक नहरदेखि उत्तरको वडा नम्बर १ र २ को भूभाग वर्षाले डुबाएको थियो। मानवीय क्षति नभए पनि करिव तीन सय विघा धानवाली पूर्ण नष्ट भएको भन्दै स्थानीयले नहर भत्काइदिएका हुन्। उनीहरुले बाढीको पानी निकास र रैपुराखोलाको व्यवस्थापन हुनुपर्ने माग गर्दै गण्डक नहर भत्काएका हुन्।
आफूहरुको मागलाई २०६० सालदेखि बेवास्ता गरिंदै आएकाले नहर भत्काउनुपर्ने बाध्यता भएको स्थानीय बाबुराम सुबेदीले जानकारी दिए । उनले भने, ‘हाम्रो सम्पूर्ण बाली नष्ट भयो, कसरी वर्ष कटाउने ? खानको लागि केही कुरा पनि नहुनुले पनि आफूहरुले यस्तो बाटो अपनाउनु परेको हो।’
बाढीपीडित उद्दार सेवा समितिका अध्यक्ष एकनारायण न्यौपानेले पनि आफूहरुले रहरले नहर बाध्यतामा नहर भत्काएको बताए। उनले भने, ‘बिगतका वर्षहरुमा पनि हाम्रा मागलाई बेवास्ता गरिएको र अहिले पनि खासै मागको सम्वोधन नभएका कारण नहर भत्काएका हौँ।’
आफ्ना मागहरु सम्वोधन नभएमा भत्काएको बाँधलाई पुर्न नदिने उनले बताए। उनीहरुले तत्काल नष्ट बालीको क्षतिपूर्ति पाउनुपर्ने, रैपुराखोला नहरको माथिबाट जाने र नहरको तलबाट जाने व्यवस्था गर्नुपर्ने, हरेक वर्ष रैपुराखोला सफा गर्नुपर्ने माग राखेका छन्।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












