पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, ‘यो देशमा म इमानदार बन्छु, म जनताको सेवा गर्छु भन्न नपाइने’
काठमाडौं, १४ भदौ । पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश कस्ता कार्यक्रममा जाने भन्ने बहस छ। मलाई यस्ता कार्यक्रममा आउँदा आलोचना हुने हो कि भन्ने पनि छ। वास्तवमा पुस्तक विमोचनको निम्तो पाएपछि म सुरुमा अलिकति हच्किएको थिएँ। त्यसको कारण पनि छ। संविधानले पनि कानुनले पनि सबैतिर बाटो थुनेर हामीलाई एउटा मानव अधिकार आयोगतिर मात्र देखाएको छ।
त्यहाँ एक जना हुने हो, सबै अट्ने कुरा आउँदैन। कहाँ के बोल्ने, के नबोल्ने। अस्ति डा. गोविन्द केसी जीकोमा यस्सो देखिएको थिएँ, समर्थन र आलोचना दुवै भयो। प्रधानन्यायाधीश अथवा न्यायाधीशहरूले अवकाशपछि के गर्ने, के नगर्ने भन्नेबारे अस्पष्ट छ। कसैले गर्नुहुन्छ भन्नुहुन्छ, कसैले गर्नुहुन्न भन्नु हुन्छ।
आजको कान्तिपुरमा लेखिएको छ, हुन त काम गर्दै गइयो, महाअभियोग फेस गर्नुपर्यो। फेरि महाअभियोग लगाउनेहरूले नै फिर्ता लिए। जेसुकै भए नि मलाई त्यति दुःख लागेको छैन। सर्वोच्च अदालतमा बस्ने प्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश हुने लाइनबाट निष्कासित, जो प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्थ्यो, प्रकाश वस्तीजी, उहाँले अवसरै पाउनुभएन। धेरै कथा छन्।
प्रधानन्यायाधीशहरूले, जसले सत्ताको वरिपरि अथवा जो बिहान–बेलुका चिया खान पुग्नु भो अथवा त्यहाँ उनीहरूको सम्झौता वा सहमति केही भयो भने त ठिकै छ। नत्र जसले इमानदारीपूर्वक न्याय दिन्छु भन्छन् ती सबैले (चुनौती र चेतावनी) फेस गरेकै हुन्छन्।
प्रकाश वस्तीजीलाई कुनै एक चर्चित व्यक्तिले फोन गरेर कुनै मुद्दाको काम गरिदिन भन्यो। उहाँले सक्दिनँ भन्नुभयो। उहाँलाई त्यतिबेलै धम्की आयो कि, अब प्रधानन्यायाधीश बनेर हेर्लास् भनेर। तँलाई प्रधानन्यायाधीश बनाउनेकहाँ चामल, दाल, घिउ त मैकहाँबाट जान्छ भनेर सम्म भनियो, त्यतिखेर। हामीलाई आश्चर्य लाग्यो, तैपनि कसरी प्रधानन्यायाधीश नबन्नुहोला भन्ने पनि लाग्यो। नभन्दै प्रमाणित भयो, उहाँ त्यो लाइनमा आउन सक्नुभएन।
यहीं हुनुहुन्छ, कल्याण श्रीमान् (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ), उहाँले एक दिन एउटा यस्तो फैसला गर्नुभयो, जहाँ हामी नै २(३ घण्टा रोकियौं सर्वोच्चभित्रै। बाहिर त अपरेसन वार। २/४ घण्टा त सडकै जाम। भ्रष्टाचारविरुद्ध फैसला थियो त्यो, धेरै दिनसम्म उहाँले त्यसको प्रतिक्रिया फेस गर्नुपर्यो। रामप्रसाद श्रेष्ठ श्रीमान् (पूर्वप्रधानन्यायाधीश) एक दिन हर्रर आउनुभयो र मलाई प्रधानन्यायाधीश बनाइदिए भनेको मान्नुपर्ने रे, नबनाए नबनाउनु भन्दिएँ भन्नुभयो। मैले पनि त्यही कुरा सुनुवाइका बेला भन्दिएँ। तीन महिनासम्म मलाई प्रधानन्यायाधीश बनाइएन, झुन्डयाएरै राखियो। अग्रजको शब्द सम्झिँदै मैले पनि सुनुवाइमा भने, ‘तिमीलाई बनाउन मन छ बनाऊ, नबनाए मेरो के जान्छ !’ यसरी सुनुवाइ पार गरेको थिएँ।
यस्ता कुरा सबैले फेस गरेका छन्। प्रकाश वस्तीजीले एउटा सुनको थालमा धुप–नैवेद्य राखी लगेर चढाइदिएको भए उहाँ प्रधानन्यायाधीश बन्नुहुन्थ्यो, तर त्यो उहाँले गर्नु भएन। बहुत दुःख छ। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि भ्रष्टाचारका मुद्दा थोरै हेर्नु भएन। उहाँको सकस मैले बुझेको थिएँ। म त दोस्रो पंक्तिमा थिएँ नि। यो देशमा म इमानदार बन्छु, म जनताको सेवा गर्छु, म घूस खान्न, अनियमित काम गर्दिनँ भन्न नपाइने देश। जसले सहयोग गर्नुपर्ने, त्यही व्यक्ति कालोपट्टी बाँधेर हिँड्छ। कस्तो देश हो यो ?
म निष्ठावान हुन्छु भन्दा त्यसको विरोध हुन्छ। म तपाईंहरूलाई भन्छु, यदि फटाहा, बदमास यो मुलुकमा कोही छन् भने लुगा लाउन नपाउने, झुत्रो लुगा लगाउने, खान नपाउने, गरिब, निमुखा होइनन्, हामी हौं हामी। पढेलेखेका नै हौं। हामीले नै फट्याइँ गरिरहेका छौं, अरू होइन। किनभने हामीलाई उपयुक्त लाग्यो, फाइदा हुने भयो भने ठिकै छ भन्छौं, विरोध गर्दैनौं। नत्र त हामीले भ्रष्टाचारको इन्च–इन्चमा विरोध गर्नुपर्ने होइन र आज सडक बन्छ, एक झरी पानीले बग्छ। पुल बन्छ, एक रातमा भत्कन्छ। भ्रष्टाचार होइन ? जनताको राजस्व दुरुपयोग भएको कुरामा हामी बोल्दैनौं। हरिबहादुर थापाजीले त किताब (रजगज) मा लेखेर आफ्नो प्रतिबद्धता जनाउनुभएको छ। उहाँले लेखेका कुरा सबै हामीलाई थाहा छ, सबै भएकै कुरा हो। उहाँले संहिताबद्ध गर्नुभएको हो। र, पढ्नलाई व्यवस्थित बनाउनुभएको हो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












