सहिदको सुचीमा मन्त्रीको तस्विर राखिएपछि कस्को के लाग्छ र ?
काठमाडौं, २० भदौ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको कितावमा सहिदको सुचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट (सामान्य ज्ञान) कितावको पृष्ठ ११ माा मन्त्री थापाको नाम र तस्विर राखिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
किताबको अभ्यास नम्बर १० मा ‘हाम्रा सहिदहरू’ शीर्षकमा विभिन्न सहिदको तस्बिर राखेर विद्यार्थीलाई उक्त तस्बिर चिनेर नाम लेख्न भनिएको छ । सूचीको ९ नम्बरमा मन्त्री थापाको ढाका टोपी र गलबन्दी लगाइएको तस्बिर छ । पानाको अन्तिममा उत्तरस्वरूप सहिदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, लखन थापा, रामनाथ दाहाल, थिरबम मल्ल, भीमदत्त पन्त र यज्ञबहादुर थापाको नाम राखिएको छ ।
ओखलढुंगाका सहिद क्याप्टेन यज्ञबहादुर थापाको नाम र तस्बिर राख्न खोजिएको भए पनि प्रकाशकको असावधानीका कारण कास्की गृहजिल्ला भएका मन्त्री थापाको नाम र तस्बिर पुस्तकमा समावेश भएको हो । किताबका लेखक सुरेशचन्द्र राई र एकराज कटवाल हुन् । किताबको संशोधन मेघविलास भट्ट र होमनाथ आचार्यले गरेका छन् ।
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











