यी हुन्, क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक
काठमाडौं, २० भदौ । काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक भएको खुलासा भएको छ । सोमबार सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको हो ।
‘सुन तस्कर गर्ने चिनियाँ नागरिक हुन्’ महाशाखाका एसएसपी दिवेश लोहनीले भने, ‘तस्कर गर्नेको नाम हामी पछि सार्वजनिक गर्छौ। अहिले अनुसन्धानको क्रममा छ।’
प्रहरीका अनुसार मिङले चार वर्षदेखि क्षेत्रपाटीमा काठमाडौं वन होटल संचालन गर्दै आएका छन्। चीन बसेर नेपालमा होटल संचालन गर्दै आएका उनलाई पत्नी याङ वेनले पनि सघाउँदै आएको प्रहरीको प्रारभ्भिक अनुसन्धानले देखाएको छ ।
नेपाल भन्दा बढी समय उनीहरु चीनमा नै बस्छन्। हाल उनीहरु चीनमा नै छन् । होटल संचालन गरेर मिङ दम्पत्तिले ४ वर्षदेखि सुन तस्कर गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले सोमबारै उनीहरुले संचालन गर्ने गरेको होटलमा पुगेर पनि छापा मारेको छ। चीनबाट सुन ल्याएर धेरै मात्रामा भारत पठाउँदा रहेछन् प्रहरी स्रोतले भन्यो, नेपालबाट चीनमा डलर तस्करी गर्नेमा पनि उनीहरुको नाम मुछिएको छ।
चिनियाँ नागरिक मिङ दम्पत्तिको नेपालमा धनाढ्यसमूहसँग राम्रो हिमचिम रहेको छ। नेपालमा हिमचिम भएका ती धनाढ्यहरुलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











