‘चुनाव खर्च जुटाउन’ राजनीतिक दलका नेता कार्यकर्ता सुन तस्करी गर्दै
काठमाडौं, २४ भदौ । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।
यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ मा थानकोटमा ७ किलो सुन फेला पर्यो । सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्यो । जसले राम्रै तरंग ल्यायो ।
सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ मा चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलमा डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचन तयारीकै बेला भदौ १५ मा १५ किलो र १९ मा ८८ किलो सुन फेला पर्यो ।
प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्विकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँचबाहिरै रहन्छ । राजनीतिक दलका लागि निर्वाचन सबैभन्दा खर्चिलो समय हो । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षका उम्मेदवारले ५ करोड खर्च भएको सार्वजनिक भएका थिए । यस्तो बेलामा दललाई उम्मेदवारको खर्च जुटाउन हम्मेहम्मे पर्ने नै भयो ।
यही बेला सुन तस्करी किन बढेको होला ? सुन व्यवसायी मणिकरत्न शाक्य पञ्चायतकालदेखि नै सुन तस्करी हुने गरेको तर २०६६ पछि बरामद हुने क्रम बढेपछि यसबारे धेरै चर्चा हुने गरेको बताउँछन् । सुन तस्करी राजनीतिक गतिविधिसँग जोडिएको उनको विश्लेषण छ ।
सुन तस्करी कहिलेदेखि सुरु भएको भन्ने तथ्यांक कतै भेटिन्न । पक्राउ परेको आधारमा २०४२ साल जोडिन्छ । २०४२ मा राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढा त्रिभुवन विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । बयानमा उनले निर्वाचन खर्चका लागि सुन ल्याएको दाबी गरेका थिए । व्यवसायी शाक्यले पछिल्लो समय भइरहेको सुन तस्करीलाई हालै सम्पन्न दुवै चरणको स्थानीय तह निर्वाचन, असोज २ मा हुन लागेको तेस्रो चरणको निर्वाचन र मंसिरमा हुने संघ र केन्द्रको निर्वाचनसँग जोड्ने प्रयास गरे ।
‘
जबजब दलले पैसा खर्च गर्नुपर्ने राजनीतिक गतिविधि बढ्छन् त्यति बेला सुनलगायतका तस्करीका घटनासमेत बढेको देखिन्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका शाक्यले भने, ‘तस्करीको विश्लेषण गर्दा राजनीतिक गतिविधि छुटाउने हो भने पूर्ण हुन्न ।’ शाक्यको दाबीझैं सुन तस्करीको राजनीतिक तहमा सम्बन्ध छ त ? नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल खुलै रूपमा सुन तस्करी गराउन सक्ने अवस्था नभए पनि कुनै न कुनै तहमा सुन तस्करीमा संलग्नको संरक्षण राजनीतिक तहबाट हुने गरेको बताउँछन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












