‘चुनाव खर्च जुटाउन’ राजनीतिक दलका नेता कार्यकर्ता सुन तस्करी गर्दै
काठमाडौं, २४ भदौ । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।
यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ मा थानकोटमा ७ किलो सुन फेला पर्यो । सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्यो । जसले राम्रै तरंग ल्यायो ।
सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ मा चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलमा डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचन तयारीकै बेला भदौ १५ मा १५ किलो र १९ मा ८८ किलो सुन फेला पर्यो ।
प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्विकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँचबाहिरै रहन्छ । राजनीतिक दलका लागि निर्वाचन सबैभन्दा खर्चिलो समय हो । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षका उम्मेदवारले ५ करोड खर्च भएको सार्वजनिक भएका थिए । यस्तो बेलामा दललाई उम्मेदवारको खर्च जुटाउन हम्मेहम्मे पर्ने नै भयो ।
यही बेला सुन तस्करी किन बढेको होला ? सुन व्यवसायी मणिकरत्न शाक्य पञ्चायतकालदेखि नै सुन तस्करी हुने गरेको तर २०६६ पछि बरामद हुने क्रम बढेपछि यसबारे धेरै चर्चा हुने गरेको बताउँछन् । सुन तस्करी राजनीतिक गतिविधिसँग जोडिएको उनको विश्लेषण छ ।
सुन तस्करी कहिलेदेखि सुरु भएको भन्ने तथ्यांक कतै भेटिन्न । पक्राउ परेको आधारमा २०४२ साल जोडिन्छ । २०४२ मा राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढा त्रिभुवन विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । बयानमा उनले निर्वाचन खर्चका लागि सुन ल्याएको दाबी गरेका थिए । व्यवसायी शाक्यले पछिल्लो समय भइरहेको सुन तस्करीलाई हालै सम्पन्न दुवै चरणको स्थानीय तह निर्वाचन, असोज २ मा हुन लागेको तेस्रो चरणको निर्वाचन र मंसिरमा हुने संघ र केन्द्रको निर्वाचनसँग जोड्ने प्रयास गरे ।
‘
जबजब दलले पैसा खर्च गर्नुपर्ने राजनीतिक गतिविधि बढ्छन् त्यति बेला सुनलगायतका तस्करीका घटनासमेत बढेको देखिन्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका शाक्यले भने, ‘तस्करीको विश्लेषण गर्दा राजनीतिक गतिविधि छुटाउने हो भने पूर्ण हुन्न ।’ शाक्यको दाबीझैं सुन तस्करीको राजनीतिक तहमा सम्बन्ध छ त ? नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल खुलै रूपमा सुन तस्करी गराउन सक्ने अवस्था नभए पनि कुनै न कुनै तहमा सुन तस्करीमा संलग्नको संरक्षण राजनीतिक तहबाट हुने गरेको बताउँछन् ।
Comments
अरु समाचार
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...












