रौतहटमा सेफटी ट्याङ्कीमा निस्सासिएर घरबेटीसहित तीनजनाको मृत्यु
रौतहट, ११ असोज । रौतहटमा सेफटी ट्याङ्कीमा निस्सासिएर तीन जनाको ज्यान गएको छ । यमुनामाई गाउँपालिका १ सुकदेवचोकमा नयाँ घर निर्माण भइरहेका बेला सेफ्टी ट्याङकीमा निस्सासिएर घरबेटीसहित दुई कामदारको ज्यान गएको हो । सेफटी ट्याङ्की सफा गर्ने क्रममा घरबेटी परोहा नगरपालिका २ का ३५ वर्षका अजय कुमार बैठा, परोहा १ बस्ने ३१ वर्षका विजय बैठा, देवाहीगुनाही नगरपालिकाका ३० वर्षका नागेश्वर माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।
अजय कुमार बैठा आफ्नो घरमा निर्माणाधिन शौचालयको ढलान पछिको काठ हटाउन विजय र नागेश्वरसँग ट्यांकीभित्र छिरेका थिए । ट्यांकी भित्र पसेका विजय बैठा र नागेश्वर माझी धेरैबेरसम्म बाहिर ननिस्किएपछि घरपट्टी अजय बैठा पनि ट्यांकी भित्र पसेका थिए । तीनै जनाको ट्यांकी भित्र बेहोस भएको भन्ने हल्ला भएपछि प्रहरीले उद्धार गर्न खोजेको थियो तर ट्यांकी भित्र पसेको प्रहरी नै निस्सासीन थालेपछि डोजरको मद्दतले पर्खाल भत्काएर तीन जनालाई बाहिर निकालिएको थियो ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए । तिनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । ट्यांकी भित्र पसेका तिनै जनाको अक्सीजनको कमी भएर निस्सासीएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












