गलत उपचारका कारण १६ महिने छोरीको मृत्यु, ‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’
काठमाडौं, ११ असोज । छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी गर्दै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले नमानेको आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।
‘दोषीमाथि कारबाहीको माग गर्दै पेस गरिएको जाहेरी प्रहरीले दर्ता गरेन,’ मृतक बालिकाका पिता रमेश आचार्यले भने । सामान्य अवस्थामै अस्पताल पुर्याएको छोरीको मृत्यु चिकित्सकको गलत उपचारका कारण भएको दाबी परिवार पक्षको छ । ‘छानबिन निष्पक्ष हुन सकेन, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत पुग्छु,’ रमेशले भने ।
आचार्यले स्वास्थ्य मन्त्रालयद्वारा गठित छानबिन समितिले उचित प्रतिवेदन दिन नसकेको, छानबिन समिति थपघट गरी धाँधली गरेको र पोस्टमार्टमले सबै विवरण खुल्न नसकेको भन्दै कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा तीन चिकित्सकविरुद्ध किटानी जाहेरी दिएका थिए । ‘प्रहरीले हामी खबर गर्छौं भन्दै पठाए, त्यसपछि बोलाएनन्,’ रमेशले भने । उजुरी दिएपछि पटकपटक प्रहरीलाई सम्पर्क गर्दा पनि दर्ता गर्न नमानेको आचार्यको गुनासो छ । उनले गृह र स्वास्थ्य मन्त्रालयमा पनि उजुरी दर्ता गरेका छन्।
स्वास्थ्य मन्त्रालयको छानबिन समितिले गठन गरेको समितिमा दुई सदस्य चिकित्सक हटाई नयाँ राखेको, नयाँ समितिका कारण निष्पक्ष छानबिन हुन नसकेपछि आफू कानुनी कारबाहीका लागि अघि बढेको रमेशले बताए।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












